प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा २ गतेसम्मलाई स्थगित

काठमाडौँ। नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन्।

बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरे। 

गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायमै राखेको कांग्रेसले आकस्मिक समयमा सदन सञ्चालन गर्न दिएपनि शून्य समय प्रारम्भ गर्न खोज्दा अवरोध गरेको हो। राप्रपाका सांसदले पनि मंगलबारको प्रर्दशनमा आफूमाथि प्रशासनले शक्ति प्रयोग गरेको आरोप लगाउँदै सदनमा विरोध जनाए। 

बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलका सांसदले आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जानकारी गराए।

मंगलबारको बैठक पनि कांग्रेसको अवरोधका कारण आजलाई सारीएको थियो। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया