प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ।

आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दो¥याएपछि सदन अवरुद्ध भएको थियो।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक विशेष कारण देखाई सूचना टाँस गरेर भोलि विहान ११ बजे बस्ने गरी निर्धारण गरिएको हो। (रासस)

प्रतिक्रिया