राजेन्द्र महतोको प्रश्न: कम्युनिष्टहरुले गर्न खोजेको के ?

काठमाडौँ। पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगैे अस्तित्व पनि मेटेको आरोप लगाएका छन्।

सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि एमालेका अध्यक्ष केपी ओलीसम्मले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगै अस्तित्व पनि मेटेको आरोप लागाए।

उनले भने, “कम्युनिष्टहरुले गर्न खोजेको के ? नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने।  पहिचान मेटाएदिने।  धर्म मेटाइदिन अनि सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने। पहिचान मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो। नेपालको असि्तत्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन्। हाम्रो सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि ओलीसम्मले गरे यिनीहरूको पतन हुन्छन। क्यापिटलिज्म, कम्यूनिज्म दुनियाँमा असफल भइसकेको छ। नेपाली जनतालाई कहिलेसम्म ठग्ने हो ? अब ठग्ने दिन गए।”

उनले नेपालको जगमाथि नै प्रहार गर्ने काम सुरु भएको बताए। राज्य निर्माणको धरातल र  जगमा राष्ट्र निर्माण भएको भन्दै त्यसलाई भत्काउने काम हुनु दुर्भाग्य भएको उनको भनाई छ।

उनले भने, “नेपालको जगमाथि नै प्रहार गर्ने काम सुरु भएको छ। राज्य निर्माणको जुन धरातल हो। जुन जगमा राष्ट्र निर्माण भएको छ। त्यसलाई भत्काउने काम हुनुहुँदैन। दुर्भाग्य देखियो भने त्यो जगलाई भत्काउने काम भएको छ।” (नेपाल न्यूज बैंक)

प्रतिक्रिया