उपनिर्वाचन: उम्मेदवारविरुद्ध दाबी विरोध आज

काठमाडौँ। इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उमेदवारविरुद्ध दाबी विरोधको कार्यतालिका छ। निर्वाचन आयोगले उम्मेदवारहरूको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ। 

आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिका छ। 

उपनिर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयन दर्ताअन्तर्गत इलाम–२ मा २० जना र बझाङ प्रदेशसभामा १२ जनाले मनोनयन दर्ता गराएका छन्। 

आयोगले २६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ। त्यसपछि त्यही दिन ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।
मतदान भने बैशाख १५ गते विहान ७ देखि बेलुकी ५ बजेसम्म हुनेछ।(नेपाल न्यूज बैंक)  

प्रतिक्रिया