सेयर बजारमा दोहोरो अंकको गिरावट, १७.३० अंकले घट्यो परिसूचक

काठमाडौँ। साताको पहिलो दिन सेयर बजार परिसूचक घटेको छ। आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा रह्यो।

१३ मध्ये निर्जीवन बीमाबाहेक सबै परिसूचक घट्दा सेयर सूचकमा असर परेको हो। सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीको सेयर छ। आज १७२ कम्पनीको सेयरमूल्य घटेको छ भने ६३ को मात्रै बढोत्तरी छ। १० कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन।

७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँमा किनबेच भएको छ। घटेको बजारमा पनि मायाखोला हाइड्रोपावरका लगानीकर्ता भने अस्वाभाविकरुपमा फाइदामा रह्यो। उक्त कम्पनीको सेयरमूल्यमा बढोत्तरीको सकारात्मक सर्किट लागेको छ।

लगातार बढोत्तरीको सर्किट लाग्दै आएको सर्वोत्तम सिमेन्टको सेयर आज भने घट्नेमा शीर्षस्थानमा रह्यो। घटे पनि सेयरमूल्य प्रति कित्ता ९७४ रुपैयाँ ५० पैसा छ। सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा सर्वोत्तम नै पहिलो नम्बरमा छ। उक्त कम्पनीको सेयर २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख, शिवम् सिमेन्टको ११ करोड ५५ लाख, हाथवे इन्भेष्टमेन्टको ९ करोड ५८ लाखको सेयर किनबेच भएको छ।

आज घट्नेमा सर्वोत्तमपछि बोटलर्स बालाजु, सीवाइसी लघुवित्त, थ्रीस्टार हाइड्रोपावर, किसान लघुवित्तलगायत छन्। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया