बस दुर्घटनाको फोटो भाइरल

पोखरा । कास्कीको पोखरा २८ स्थित अर्चलेमा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

दुर्घटनामा बस ठाडो परको छ । हत्तपत्त नदेखिने खालको अनौठो  दुर्घटना भएपछी फोटो भाइरल बनेको छ। 

लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । बसमा चालकबाहेक अरु यात्रु भने थिएनन् । 

दुर्घटनामा घाइते भएका चालकलाई उपचारका लागि अस्पताल लगिएको छ भने उनको परिचय खुल्न बाँकी रहेको छ । 

 

प्रतिक्रिया