चलचित्र ‘रुखान’ को फस्ट लुक सार्वजनिक

काठमाडौँ। निर्देशक सबिर श्रेष्ठको निर्देशनमा नयाँ फिल्म ‘रुखान’ बन्ने भएको छ। रुखान बनाउने घोषणा सँगै फिल्म नेपाली, अङ्ग्रेजी, हिन्दी र भोजपुरी गरी भाषामा निर्माण गरिने उनले बताएका छन्।

फिल्म घोषणासँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ। फस्टलुकमा एक महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखिन्छ। यस्तै, मुखमा अकि्सजन लगाएर उपाचार गराइरहेका एक युवालाई पनि पोस्टरमा देखाइएको छ। फिल्मको फस्टलुकमा ‘न्याय देउ’ भनेर लेखिएको छ। पोस्टरमा आन्दोलनको झलक दिने तस्विरसमेत राखिएको छ।

कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डा. रुपक घिमिरेको कथा, सबिन श्रेष्ठको कार्यकारी निर्माण, अर्जुन पोखरेलको संगीत र अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ।

फिल्म सबिन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रालि र काइट्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको हो। फिल्म निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ। 

निर्देशक सबिरले ‘रुखान’ महिला संघर्षका कथा रहेको बताए। “यो कथाबाट हामीले सिंगो देशका नागरिकहरुको समस्यालाई भन्ने प्रयास गर्नेछौं”, उनले भने।

सबिरका अनुसार फिल्मको प्रमुख पात्रमा महिला कलाकार हुनेछिन्। तर,मुख्य पात्र र अन्य कलाकारको छनोटको क्रम जारी रहेको सबिरले जानकारी दिए।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया