जहाज दुर्घटनामा ब्राजिलकी चर्चित गायिकाको निधन


काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चर्चित गायिका मारिलिया मेन्डोकासहित ४ जनाको मृत्यु भएको छ । 


ब्राजिलको दक्षिणपूर्बी मिनास गेराइज राज्यको ग्रामिण इलाकामा जहाज दुर्घटना हुँदा गायिका मारिलियासँगै उनका काका, निर्माता र दुई पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ । 


दुर्घटनाको कारणबारे त्यहाँको सरकारी निकायले अनुसन्धान सुरु गरेको छ । जहाज दुर्घटनामा पर्नुको कारण खुलेको छैन । किशोर अवस्थाबाट नै सांगितिक यात्रा सुरु गरेकी मारिलियाका गित ब्राजिलमा सबैभन्दा बढी हेरिन्छ र सुनीन्छ । 


कोरोना महामारीमा सांगितीक कन्सर्ट बन्द हुँदा गायिका मारिलियाले अनलाइन गीतहरु गाउन थालेकी थिइन् । लकडाउनको समयमा अनलाइनमा उनका गीतहरु सर्वाधिक हेरिएको थियो । 
 

प्रतिक्रिया