नेप्सेमा भारी अंकको गिरावट

काठमाडौं । यो साताको पहिलो दिनको आइतबार कारोबार नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ । मौद्रिक नीतिको समिक्षा पछि १५ दिन देखि लगातार ओरालो लागेको नेप्से परिसूचकमा आइतबार पनि भारी अंकले ओरालो लागेको हो । आइतबार शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको छ ।

८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकिएको छ । गत बिहीबार नेप्से सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ बिन्दुमा रोकिएको थियो । आज सेन्सेटिभ इण्डेक्स १५.१५ अंक घटेर ४५०.०८ विन्दुमा झरेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ६.१६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१९ अंक घटेको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।गत बिहिबार २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँको सेयर किनबेच थियो ।

आइतबार १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ७.४५ प्रतिशत घटेको छ । विकास बैंक, ६.४१ प्रतिशत, जलविद्युत, वित्त, निर्जीवन बीमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतले घटेको छ ।

त्यस्तै,आज उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । सबै उपसमूहमा गिरावट देखिए पनि आज युनिलिभर नेपाल र स्वाभिमान लघुवित्तको शेयरमूल्य २ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक १.४६ प्रतिशत र मञ्जुश्री फाइनान्सको १.१५ प्रतिशत बढेको छ।

आज सबैभन्दा बढी नयाँ सारथी लघुवित्तको १० प्रतिशत घटेका छ भने लक्ष्मी इक्विटी फण्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्सको सबैभन्दा बढी १९ करोड ७७ लाख ४० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ भने नेशनल हाइड्रोपावर र नबिल बैंकको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
 

प्रतिक्रिया