पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग सम्वाद

‘केपी ओली र मलाई चियाले हँसायो, अब हामी हाँसिरहन्छौं’

पार्टी भित्रै पनि प्रतिपक्ष जस्तो देखिने गरेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल अहिलेको सत्ता गठबन्धनप्रति त्यति सन्तुष्ट छैनन्। अझै पनि उनी असफल सावित भइसकेको वाम एकताकै वकालत गरिरहेका छन्। कांग्रेसले आफूलाई चियापानमै नबोलाएकोमा उनलाई चित्त दुखेको छ। तर एमालेको चियापानमा एमाले अध्यक्ष केपी ओलीसँगको हाँसो चर्चामा छ। खास एमाले चियापानमा झलनाथ र केपीको हाँसोको रहस्य के हो? के झलनाथ एमाले फर्किन लागेका हुन् त? गठबन्धनको भविष्यप्रति उनको धारणा के छ? यी प्रश्नहरु धेरै कोणबाट चर्चामा छन्। 

हामी यहाँ छौं भनेको दिनदेखि आजसम्म आईपुग्दा पनि हामी कहाँ छौं के गयौं भन्ने प्रश्नले घोच्छ कि घोच्दैन? 
    
घोच्छ र घोच्नु पर्छ। किनभने जतिवेला पार्टीमा विद्रोह भयो, त्यो विद्रोह हाम्रो चाहनाको कुरा होइन। विद्रोह नभएको भए बडो राम्रो हुन्थ्यो। त्यो दुई तिहाई बहुमत भएको पार्टी नेकपा त्यो बचाउन सकेको भए यो देशको भाग्य नै अर्को हुन्थ्यो। किनभने त्यो दुई तिहाई बहुमत प्राप्त भएको पार्टी भनेको नेपालको निम्ति एउटा अत्यन्तै शक्तिशाली पार्टी थियो र विराट सम्भावना अगाडि भएको पार्टी थियो। उसका कतव्र्यहरु हेर्ने हो भने असाध्यै धेरै चिजहरु उसले गर्न सक्थ्यो। उसले यो देशमा भूमि सुधार गर्न सक्थ्यो, कृषि क्रान्ति गर्न सक्थ्यो। देशमा राष्ट्रिय औद्योगिकरणको एउटा लहर सिर्जना गर्न सक्थ्यो। शिक्षामा स्वास्थ्यमा आज हेर्नुस् त यस्तो बेहालत छ। व्यापक सुधार गर्न सकिन्थ्यो, गरिबी उन्मूलन गर्ने कार्यक्रम लागू गर्न सकिन्थ्यो, आज राष्ट्रियता माथि यो खालका तरङ्गहरु पैदा भईरहेका छन्, खतराहरु पैदा भईरहेका छन्, यसलाई सुदृढ गर्ने तर्फ कदम चाल्न सकिन्थ्यो। 

-हामीले पारवहन सुविधाको भारतसँग कत्रो लडाईँ लड्नु पर्यो, म ०२३ सालदेखि लडेको थिएँ, विद्यार्थीकालदेखि यता चीनबाट पनि हामीले सुविधा प्राप्त गर्नुपर्ने हो एउटा प्रोटोकल त भयो तर व्यवहारिक रुपमा छैन। त्यसका आधारहरु, पूर्वाधारहरु बनेकै छैन। यी सबै कुराहरुको सम्भावनाहरु तुहिए, त्यसकारणले त्यो तुहिईसकेपछि विद्रोह भयो र विद्रोहबाट एकदम धेरै क्रान्तिकारी पार्टी, सहि कार्यनीति, दिशा, सिद्धान्त भएको पार्टी, एउटा राम्रो लक्ष्य भएको पार्टी बनाउनु पर्छ भन्ने मलाई लाग्या थियो। तर यो दुई वर्षको हाम्रो जुन यात्रा छ, त्यो यात्रामा त्यस हिसाबले अगाडि बढ्न सकेनौ र कतिपय नीतिहरुमा नै हाम्रो कमजोरीहरु भए, त्यो कारणले गर्दा स्थानिय चुनावमा, राष्ट्रिय चुनावमा अपेक्षित सफलता होईन्, बरु हामीले प्राप्त गर्ने सफलता पनि गुम्यो, त्यो कारणले तपाईँले भनेको सही हो। हामी कहाँ छौ भन्ने प्रश्न अथवा, तिमीहरु कहाँ छौ भनेर कसैले भन्यो भने यो प्रश्नको बारेमा केही समय हामीले सोच्नु पर्ने हुन्छ।

यसको जवाफ हामीले नै दिने हो र अब हामीले दिने भनेको यो दुई वर्षको राम्रो समीक्षा गर्नुपर्छ, कमी कमजोरी कहाँ भयो त्यसलाई सच्चाउनु पर्छ र अहिलेको राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्नुपर्छ। हाम्रो यति बेलाका कार्य दिशा, नीति, सिद्धान्त, लक्ष्य र कार्य नीति के हुन्छन् भन्दा एकदम व्यवस्थित रुपले हामीले अगाडि सार्नुपर्छ र हिजोका घटनाक्रमहरुको मूल्यांकन गर्नुपर्छ। पार्टी विभाजन देखि लिएर सबै कुराहरु मूल्यांकन गर्नुपर्छ। यो लेफ्ट लिडरहरुको बीचमा जुन पानी बाराबारको अवस्था देखिन्छ नि यो पानी बाराबार आफैं खतरनाक कुरा हो। कुनै पनि नेताहरुका बीचमा पानी बाराबार जरुरी छैन। चाहे लेफ्ट होस् चाहे राईट् होस् त्यो जरुरी छैन। त्यसमाथि लेफ्टहरु एक स्थानमा आउने मात्र हो भने पनि देशको परिस्थिति बेग्लै हुन्छ नि त्यसकारणले मलाई लाग्छ, फेरि पनि लेफ्टका लिडरहरुले रि–थिङ्क गर्नुपर्छ कहाँ कहाँ कमि कमजोरी भए आफ्ना कमि कमजोरीलाई लाज नमानिकन सच्याउनु पर्छ। मैले गरेको छ भने मैले सच्याउनु पर्छ, केपी ओली तथा माधव नेपालले गरेको भए उहाँले सच्याउनु पर्छ। पुष्पकमल दाहालले गरेको भए उहाँले सच्याउनु पर्छ। 

    
मैले आइएस्सी परीक्षाको परीक्षाफल निस्किएको बेलुकी राती १२ बजे जुन संकल्प गरें, म त्यो संकल्पमा अहिले पनि दृढ छु। कतिपय साथिहरुका खुट्टा चिप्लिरहेका छन्। उहाँहरुका अडानहरु परिवर्तन भईरहेका छन्। त्यो बदलिरहेका अडानहरुको बीचबाट म ती साथिहरुलाई फेरि पनि ठाउँमा आउन, ल्याउन आफ्नो खुट्टाहरु र लेफ्टहरुको एउटा विराट मोर्चाबन्दी गरौं जसले गर्दा यो देशलाई अगाडि बढाउनका लागि एउटा नयाँ आधार, वैचारिक आधार र राजनीतिक आधार तयार हुन्छ। किन तपाईँहरु यस बारेमा सोच्नु हुन्न के ले रोकेको छ तपाईहरुलाई, किन यस्तो आग्रह पूर्वाग्रह पाल्नु हुन्छ। बदलिउँ न मैले भन्न खोजेको कुरा यो छ। 

    
यी नेताहरु जतिबेला दुई तिहाई बहुमतका नेता थिए नि त्यतिबेलाको यश, सम्मान, सम्भावनाहरु, जसको वरिपरि उनीहरु थिए नि जसको बीचमा थिए उनीहरु आज त छैनन्। आज कसैले कसैसँग गएर अंकमाल गर्नुपरेको छ। विचार नमिले पनि जबरजस्त मिलाए जस्तो गर्नुपरेको छ। भविष्यमा के हुने हो, भविष्य अनिश्चित छ। भोलीको चुनावले बडारिदिने पो हो कि, उनीहरु प्रत्येकका टाउकोमा यो घन्टी बजिरहेको छ।

यी नेताहरुलाई घन्टी भनेको मैले साहित्यिक घन्टी हो, त्यो उहाँहरुको घन्टी चाहिँ होईन, तर जे भएपनि यो घन्टीले उहाँहरुलाई अलिकति नयाँ चेत दिन्छ जस्तो मलाई लाग्छ। एकै दिनमा होईन, विस्तारै यसबाट अलिकति समय लाग्छ।
    
त्यही एउटा भेट्घाट र एउटा हाँसोले फरक संकेत त गर्दैन, मैले त्यस दिन केपी ओलीसँग मेरो भेट भयो धेरै लामो समयपछि भेट भयो, केपी ओली भनेको २६ सालदेखिको मेरो साथी पनि हो। उहाँसँग कैयौं कुरामा मतभेद छ, तैपनि मित्रता त मित्रता नै हो नि होईन र, यो तपाईँ र मेरो बीचको जुन मित्रता छ, यसलाई अझ गहिरो, राम्रो, घनिष्ठ बनाउन पाए हुन्थ्यो भन्ने पर्छ भन्ने लाग्छ नि। यस्तै नेताहरुसँगको सम्बन्धलाई राम्रो सधैँ बनाउन सक्नुपर्छ। 

म कसैसँग आग्रह, पूर्वाग्रह राख्दिनँ। देउवाजीसँग जाँदा पनि त्यसरी हाँस्ने हो, शेखरजीसँग गए भने पनि त्यही हो, किशुनजीसँग त हाम्रो हरेक दिन हाँसो हुन्थ्यो, उहाँ मजाक गरिरहने मान्छे, मैले अस्ति केपीजीलाई पनि के भनेको भने भेटमा आज तपाईँ कतिवटा मजाक गर्नुहुन्छ भनेको उहाँ हाँस्नु भयो म पनि हाँसे। अब अरुको निम्ति खास भईहाल्यो।
 
मैले यो कसरी हेर्छु भने कसैले हामीलाई चियापानमा बोलायो जस्तो काङ्ग्रेसले मलाई बोलाएन। यसपाली या बिर्सियो, या निम्तो मिसप्लेस भयो, या बोलाउन चाहेन। जे होस् उनीहरुले बोलाएनन्। मलाई त्यहाँ बोलाएको भए देउवाजीसँग हात मिलाएर त्यही मुस्कान दिन्थेँ होला। 

यो चियापान संस्कृति पछिल्लोकालमा मनमोहन अधिकारीजीले सुरु गरेको हो। यो संस्कृतिलाई विकास गर्नुपर्छ भन्ने मलाई लाग्छ। यसले अरु केही नगरेपनि राजनीतिज्ञहरुलाई एकआपसमा नजिक आउन भेट गर्न, ठट्टा गर्न, विचारको आदान प्रदान सहयोग हुन्छ भन्ने मलाई लाग्छ। कहिलेकाहिँ हुन्छ फेरि, त्यसकारण मलाई फोन गरेर गएको उनीहरुको कार्ड हेरेर गएको होईन। म यस्तो कुरालाई संस्कारको रुपमा हेर्छु, यसले सामान्य एउटा मित्रता बनाउँछ, भेट्न गारो भएको मानिससँग भेट्न पनि सजिलो बनाईदियो नि, अब कुराकानी गर्न पनि सजिलो हुन्छ। यसले यहाँ त चिया खाईयो अब त्यहाँ बसेर पनि खाउँ न त भन्ने हुन्छ। जस्तो मैले अब केपी ओलीलाई कतै चिया खान आउनु न भनेर बोलाएँ भने होईन्, आउँदिन भन्न मिल्दैन नि। त्यसो हुनाले सविस्तार अर्को चियापानमा मजाले कुराकानी गर्न सक्छौँ। यसरी एउटा सुरुवात हुन्छ, यो सामान्य मित्रता हो, यहाँबाट यसलाई अगाडि बढाउने हो भने भोलि गएर पार्टीहरुको बीचमा एकआपसमा कुराकानी हुने, बिचार आदानप्रदान हुने अनि हाम्रोबीचका एकता के छ, फरक के छ त्यसलाई केलाउन पाउने, साझा आधारमा उभिएर एकताका आधारहरु पहिलाउने, जसले वास्तबमा जनतालाई हेर्छ, हाम्रो लक्ष्य भनेको मित्रता बढाउने मात्रै होईन, यो मित्रता मार्फत देश र जनताको सेवा गरौं, देशलाई समाजवादको दिशातर्फ लैजाउँ भन्ने हो। (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया