'न्यायालयमा देखिएको विवाद न्यायाधीशहरुको गुटको झगडा हो'

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको हड्तालले न्यायालयको सुधार नगर्ने बताएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले व्यक्ति केन्द्रित आन्दोलनले न्यायालयको सुधार नगर्ने बताएका हुन् । उनले सर्वोच्च अदालतमा भइरहेको विवाद न्यायाधीशहरुको गुटको झगडा भएको बताए ।

उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको बताए । उनले मुलुक कोभिड महामारीमा भएका बेला स्वास्थ्य मन्त्री राख्न पाउँदैन भनेर सर्वोच्चले आदेश दिएको भन्दै ज्ञवालीले एमाले पार्टी न्ययालयबाट पीडित पार्टी भएको बताए ।

अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरुले छदम्युद्ध लडेको पनि ज्ञवालीले बताए । ज्ञवालीले आगामी मंसिर २८ गतेबाट सुरु हुने भनिएको संसद अधिवेशन अहिलेकै अवस्थामा चल्न नसक्ने बताए । उनले आफूहरुले अहिलेको अवस्थामा पुरानो मान्यतालाई परिवर्तन नगरेकाले बैठक चल्न नदिने बताए ।

 

 

प्रतिक्रिया