तमासा

rokat basnet copy

 

 

 

 

 

 

 

 

 

म मक्ख छु राजनीतिक, आर्थिक र सामाजिक गतिविधिमा
म परिभाषा खोज्छु नीति र नियतिको
व्यबस्था र व्यवस्तामा मूल्य र मान्यताको   
आहा, कस्तो तमासा !

म आनन्द खोज्छु देश चल्ने र चलाउने विधि र विधानमा
अवसर, नाता र कबोलमा पो चल्न थालेछ 
नुन र कानूनले त चल्दो रहेनछ देश
लहडमा तमासाले चल्ने रहेछ 
हाम्रै छनौटको मान्छेले तमासा गर्दै छ
आऊ हामी सबै मिलेर हेरौँ 
आहा, कस्तो तमासा !

म सम्मान गर्छु
पदमा विराजमानलाई ढोग्छु 
देश चलाउने उसले हो 
उस्ले गर्ने सेवा र समर्पण पूजनीय छ 
यो कतै उल्टो त भएन मेरो देशमा 
पद र मर्यादाको मान र सम्मान
मूल्यका बाबजुद पदस्थापन गरिन्छ 
पद सेवाका लागि नभएर 
बोल कबोलमा जो अगाडि छ 
आऊ, उहाँकै तमासा हेरौँ 

म सन्तुष्टि खोज्छु 
ज्ञान, सीप, क्षमता र उत्साहमा 
कानूनमा न्याय, व्यवसायमा कर र औषधीमा मात्रा  किन?
सरकार रहँदै कबोल पूरा हुनु पर्दछ 
युगको माग र आवस्यकताको बन्दोबस्त कस्ले गर्छ ?
अत्यावश्यक वस्तु र सेवाको बात पछि गरौँला 
विधि र विधानलाई नाघेर 
विवेकलाई कुल्चिएर  
तमासा गरेपछि प्रक्रिया पूरा हुन्छ
म जिल्ल पर्छु तमासा हेरेर 


युगको तमासा गर्ने भिडमा घुस्न खोज्दछु 
अस्तव्यस्त र अन्यौलले उकुसमुकुस पार्दछ 
आफूपनि तमासा गर्न नजान्ने पात्रका रुपमा परिदृष्यमा उभ्याउदछु 
वर्तमानमा तमासा गरिरहेकालाई नियाल्दछु 
सबै म तिर हेरेर हाँसे झैँ लाग्दछ  
आफ्ना वरिपरिका परिवेशलाई अँगालेर तमासा गर्न नजानेकोले 
हुस्सु, किंकर्तव्यविमुड  !

हामीसबै मख्ख प¥यौँ 
आहा, कस्तो तमासा ! 
अव सबै जिल्ल परौँ 
ओहो कस्तो अवस्था !!


 

प्रतिक्रिया