तिमीलाई चुम्ने रहर

तिमीलाई चुम्ने रहर एकतर्फ
जीवनभर असर बस्ने डर एकतर्फ 

कहाँसम्म पुग्ला जीवन यस्तरी खै 
रहर एकतर्फ सफर एकतर्फ 

अरू घाउले त्यस्तो पीडा दिदैनन् 
तिमीले चुमेको असर एकतर्फ 

कहाँबाट आयो चुनौती यो फेरि 
तिमी एकतर्फ र घर एकतर्फ

दुबैले नबुज्ने यो कस्तो कहानी
चिठी एकतर्फ खबर एकतर्फ 

कहाँसम्म पुग्छन् म हेर्छु मजाले 
नयन एकतर्फ नजर एकतर्फ

मुतकारिब मुसम्मन सालिम
१२२-१२२/१२२-१२२ 

बिनोद बिम्बित

प्रतिक्रिया