कांग्रेस प्रदेश दुईको अधिवेशन स्थगित

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश दुईको नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउन सक्ने अवस्था तत्कालका लागि नरहेको बताए ।

प्रदेश २ को सर्लाहीका कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको १÷१ वटाको अधिवेशन हुन सकेको छैन । अब प्रदेश दुईमा महाधिवेशनपछि मात्रै अधिवेशन हुनेछ ।

प्रतिक्रिया