प्रतिनिधिसभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । ...
सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्। ...
प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज शुक्रबार सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । ...
लामिछानेले सरकारलाई काम गर्नका लागि कुनै हनिमून पिरियड नचाहिने र आफूहरू दिन होइन, सेकेन्ड गनेर काम गर्न आएको बताए। यो वक्तव्यले कर्मचारीतन्त्र र संयन्त्रलाई डेलिभरीको दबाबमा राख्ने सन्देश दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । ...
नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राष्ट्रिय एकता र लोकतन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । ...
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा...
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।...
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान राजनीतिक परिवर्तनलाई लोकतन्त्रको उपलब्धिका रूपमा व्याख्या गरेका छन् । ...
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । ...
प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीनवटा अध्यादेश पेस भएको छ। ...
प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन् । ...