अमेरिकाबाट फर्काइएको मूर्ति मन्दिरमा प्रतिस्थापित, हेरौं फोटोहरु

 

ललितपुर । आठ वर्षअघि पाटनको पट्को टोलबाट चोरिएको लक्ष्मी–नारायणको एउटा मूर्ति शनिवार नारायण मन्दिरमा प्रतिस्थापन गरिएको छ । 

वासुदेव–कमलाजा नामबाटसमेत चिनिने यो मूर्ति सन् १९८४ जुलाइ महिनामा मध्यरातमा नारायण मन्दिरबाट चोरिएको थियो र अमेरिका पु¥याइएको थियो । लामो खोज र अनुसन्धान र कुटनीतिक पहलपछि गत वर्ष चैत्र ३० मा मूर्तिलाई अमेरिकाबाट नेपाल फर्काइएको थियो । 

गत वर्ष अमेरिकाको डल्लास म्युजियममा नेपालको यो मूर्ति प्रदर्शनमा राखिएपछि नेपाली सम्पदाबारे सरोकार बढदैगयो । अमेरिकास्थित नेपाली दुताबासले यसलाई नेपाल फर्काउने पहल थाल्यो । नेपाली सम्पदा भएको बुझेपछि डल्लास म्यूजियमले यो मूर्ति गत नोभेम्बर ३० मा अमेरिकी फेडरल ब्यूरो अफ इन्भेस्टीगेशन (एफबिआई)लाई बुझाएको थियो । एफबिआइले यो मूर्ति वासिङटनस्थित नेपाली दूताबासलाई हस्तान्तरण गरेको थियो । 

शनिवार विधिपूर्वक लक्ष्मी नारायणको मूर्तिलाई मूल स्थानमै राखिएको छ । हराएको मूर्ति फिर्ता भएर मन्दिरमा सजाउन पाउँदा स्थानिय बासीन्दा प्रशन्न देखिन्थे । परम्परागत बाजागाजा र पुजा अर्चनाका साथ लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापन गरेपछि मन्दिरको पुरानो रौनक फर्किएको छ । 

हेरौं, मन्दिर प्रतिस्थापन अनुष्ठानका केही फोटोहरु, 

1_MG_9427 resizew2_MG_9385resize_MG_9316_MG_9343_MG_9396_MG_9418

प्रतिक्रिया