कालीगण्डकीका देवशीला र विमलेन्द्रको पापमोचन


कालिगण्डकी जति पवित्र छिन्, त्यहाँको ढुँगा जसलाई हिन्दूहरू साक्षात विष्णुको रूप मान्छन्।आस्था मानव जातिको अटल भावना हो र त्यसलाइै अपमानित गर्ने कुचेष्टा कसैले पनि कतैबाट पनि गर्नु महापाप हो। यहि भन्छ हिन्दू धर्म र शास्त्रले। त्यहि धर्मको अपमान हो मुलुकमा ब्याप्त अशान्ति, अराजकता र कुशासनको जगजगी। सत्ता संचालनमा देखिएको बेथितिले सीमा नाघिरहेकै बेला भारतमा कालिगण्डकी र देवशिलाको जय जयकार भैरहेको छ। निर्लज्ज शासन चलाउने धृष्टताले स्थायित्व कायम राख्न सक्तैन भन्ने सत्य पटक पटकको सरकार परिवर्तनले देखाइसकेको छ।

राष्ट्रिय स्वार्थको जगमा चल्नुपर्ने गणतान्त्रिक राज्य ब्यवस्था ब्यक्ति र दलिय स्वार्थको शिकार हुनु दुखद पक्ष हो। नितान्त ब्यक्तिवादी चरित्र शासन ब्यवस्थामा हावी हुनु भनेको गणतन्त्र होइन ब्यक्तितन्त्र हो भन्ने कुरा त नेताहरूको चरित्रले पुष्टि गरिसक्यो। राष्ट्र, राष्ट्रियता र सार्वभौम जनताको हित बिपरित गणतन्त्र भन्ने नामले चुलो बल्दैन पुष्टि भैसक्यो। गणतन्त्रकै मोह हो र गणतन्त्र बिना हाम्रा राजनेता भनौदाहरूको प्राण प्रतिष्ठा रहँदैन भने गणतन्त्र पनि नमर्ने राष्ट्रको पहिचान पनि झल्कने हिन्दू गणराज्यमा यो ब्यवस्थालाई किन रूपान्तरण नगर्ने ?

एउटा ढुंगो माथि एकसय तीस करोड जनसंख्या थेगेर बसेको भारत नतमष्तक भावबिव्हल हुन्छ, हामी त्यो सेन्टिमेन्ट क्यास गर्न सक्दैनौ। देवशिलाको रूपमा भारत पठार्इएका दुइवटा ढुंगा कालिगण्डकीको किनारमा रहँदा बिशुध्द ढुंगो भन्दा माथि कसैको सोच पुगेन, आज त्यही ढुंगा अयोध्या पुगेपछि साक्षात भगवानको रूपमा परिणत भयो। हो यहि हो हिन्दूत्वको शक्ति। ढुंगालाई भगवान मान्न तयार अरवौं हिन्दूहरूको पहिचान हिन्दू राष्ट्र नेपाल किन नहुने ?

हिजो जे जे गरेपनि विमलेन्द्र निधि नेपाली काँग्रेसका नेता भन्दा माथि केही होइनन्। तर तिनै विमलेन्द्रले हिन्दूत्वको पहिचान देवशिला स्वरूप कोशेली बोकेर अयोध्या पुगे। रातारात हिन्दूराज्य हटाएर धर्मनिरपेक्ष र गणतन्त्र घोषणा गर्ने स्वार्थीहरुको पाप पाप विमलेन्द्र निधिले कटाए। विश्वका अरवौं हिन्दूहरूको पहिचानको केन्द्र हो देवभूमि नेपाल। हिन्दू राष्ट्रको पहिचान मेटाएर जनचाहना विपरित गणतन्त्र  स्थापना गर्छौं भन्नेहरू फगत विदेशी एजेन्ट भन्दा बढी केही होइनन् भन्ने कुरालार्इ अब पुष्टि गर्नुपर्ने जरूरी छैन। हो, त्यो अरवौं जनताको भावनालाई समेटेर हिन्दू जागरणको उद्गमस्थल नेपाल देवताहरूको वासस्थान हो र त्यही देवभूमिको ढुंगामाटो भगवानको प्रसाद हो भनेर धार्मिक पर्यटन प्रवध्र्दन गर्न अब ढिला गर्नु हुन्न।

अवसर आउँछ पर्खिदैन भने जस्तै अयोध्यामा देवशिलाको जयजयकार अनि भारतीय संचारमाध्यमको प्रस्तुतिले हिन्दूराज्य नेपालको महत्व चुलिएको छ। कालिगण्डकी र त्यहाँका ढुंगा साक्षात विष्णु अवतार शालिग्राम हुन् भन्ने कुरा हामीले जति चिच्याए पनि उपलब्धि हुन सकेको थिएन। रामजन्मभूमी अयोध्याको शानमान र महत्व अब कालिगण्डकीका तिनै दुइवटा देवशिलामा अटल रहनेमा दुइमत छैन। हो, त्यो धार्मिक आस्था र महत्वको प्रचार प्रशार, हिन्दू राष्ट्रको विद्या, कालिगण्डकी देखि अयोध्या भनेर सुरू गर्न ढिला गर्नु हुन्न। यो अभियानको नेतृत्व गर्ने जिम्मा पनि विमलेन्द्र निधिले नै लिँदा देवशिला बोकेर अयोध्या पुगेको सार्थकता झल्कन्छ। र निधिले गुमाएको राजनीतिक शाख हिन्दूत्वको नामबाट स्थापित हुनेछ।

बिना हिचकिचाहट एउटा सिंगो राष्ट्रको मात्र नभै विश्वकै हिन्दूहरूको नेतृत्व गर्ने यो सुवर्ण अवसर भगवानकै कृपा हो भन्ने स्वीकार्ने हिम्मत गर्न विमलेन्द्र निधि चुक्नु हुँदैन। विश्वका हिन्दूहरूकै विश्वास पात्र बन्न पाउनु चानचुने अवसर होइन यो। धार्मिक भावना भन्दा शक्तिशाली बम आजसम्म बनेकै छैन। धर्म रूपी बमले संसारका मै हूँ भन्ने राजामहाराजाहरूको धज्जि उडाएको ईतिहास जिउँदै छ। बिस्फोट नगरी शान्ति र स्थायित्वको उदेश्य प्रप्तिको यो भन्दा गतिलो अवसर फेरि फेरि आउन सक्दै। दलिय राजनीतिको दलदलमा फसेका विमलेन्द्र निधिले हिन्दू गणराज्य नेपालको नेतृत्व गर्ने हिम्मत देखाए भने पितापूर्खाको मेहनत खेर नजाला। कलियुगको रापतापमा ुयदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, अभ्यूत्थानम धर्मस्य तदात्मानं सृजाम्यहमुं पुष्टि होस्।

सबैको कल्याण होस्।

प्रतिक्रिया