सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमै बस्ने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले संसदमा प्रतिपक्षमा रहनेगरि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाले अचानक लिएको नयाँ निर्णयका आधारमा कार्यसम्पादन समिति र संसदीय दलले यो निर्णय गरेका हुन्। 

संसद् भवनको ल्होत्से भवनमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेको मुख्य समर्थनमा बनेको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो। कांग्रेस सरकारमा भने सहभागी नहुने र प्रतिपक्षकै भूमिकामा रहने निर्णय गरिएको छ। 

पार्टीको निर्णयप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति जनाएका छन्।

हिजो सोमबार प्रधानमन्त्री दाहालले धुम्बराही पुगेर कांग्रेस सभापति शेरबाहादुर देउवासँग विश्वासको मत याचना गरेका थिए। 

कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन्।

प्रतिक्रिया