- राधा पोखरेल, अध्यक्ष, नेपाल पूँजी बजार लगानीकर्ता संघ 

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकार र राजनीतिक दलहरुले शेयर बजारको महत्वलाई बुझ्न नचाहेको बताएकी छन्।

‘शेयर बजारमा कति धेरै नागरिकहरु जोडिएका छन् भन्ने कुरा नबुझेकाले उनीहरु यसलाई सीमित व्यक्तिहरु मिलेर जुवाघर चलाए जस्तो ठान्छन्’ अध्यक्ष पोखरेलले भनिन्, ‘ठूला व्यापारिक घराना देखि दुर्गम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण नागरिक पनि शेयर बजारमा सक्रिय रहेको कुरा बुझेर नीति निर्माण गर्दा सरकार, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले गम्भीर रुपमा ध्यान दिन आवश्यक छ।’

‘एउटा नेताको गैरजिम्मेवार अभिव्यक्तिले शेयर बजार मारमा पर्न सक्छ’

 

 

 

 

प्रतिक्रिया