संसदीय दल निर्वाचन भोलि: देउवा र गगनले उम्मेदवारी दर्ता गरे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराए। नेपाली कांग्रेस संसदीय दलको कार्यालय  सिंहदरबार पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन्।

सभापति देउवाको उम्मेदवारीमा नेता रामचन्द्र पौडेल प्रस्तावक र उपसभापति पूर्णबहादुर खड्का समर्थक छन्।

महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला प्रस्तावक छन् भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन्।

कांग्रेस संसदीय दलको नेताको लागि भोलि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ।

प्रतिक्रिया