अस्ट्रेलियामा हुने विश्व पौडी च्याम्पिसयनसिपमा चार नेपाली खेलाडी भिड्दै

काठमाडौं । अस्ट्रेलियामा हुने फिना विश्व पौडी च्याम्पियनसिपमा चारजना नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुन चारजना खेलाडीसहित ६ सदस्यीय नेपाली अस्ट्रेलियाको मेलबर्न गएको छ ।

प्रतियोगिता डिसेम्बर १३ देखि १८ सम्म हुँदैछ । प्रतियोगिताको पुरुष ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमाल तथा १०० र २०० मिटर फ्रिस्टायलमा एल्भिन श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिला ५० र १०० मिटर फ्रिस्टायलमा अनुसिया तण्डुकार तथा ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइमा रोशा न्यौपानेले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीका प्रशिक्षकमा पौडीका मुख्य प्रशिक्षक शंकर कार्की र व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ छन् ।

आगामी दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदको तयारीका लागि खेलाडीको मनोबल उच्च पार्न विश्व च्याम्पियनसिपमा सहभागिताले सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया