विश्व कप २०२२

अन्तिम १६ मा पुग्न आज भिड्दै छन् चार टीम

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह चरणका खेल भइरहेका छन्। मंगलबारदेखि समूह चरणको खेल दोस्रो चरणमा प्रवेश गरेको छ। 

मंगलबार रातीको चार खेलमा समूह 'ए' का दुई खेल र समूह 'बी' का दुई खेल भएका थिए। हिजो भएको समूह 'ए' का खेलहरुबाट नेदरल्यान्ड्स समूह विजेता र समूह उपविजेता हुँदै सेनेगल अन्तिम १६ मा पुगेका छन्। 

त्यस्तै हिजै राती भएको समूह 'बी' का खेलबाट समूह विजेता हुँदै इंग्ल्याण्ड र समूह उपविजेता हुँदै अमेरिका अन्तिम १६ मा पुगेका छन्। 

आज बुधबार विश्वकपमा समूह 'सी' का दुई र समूह 'डी'का दुई खेल जम्मा चार खेल हुँदै छन्।

समूह ‘डी’ – अष्ट्रेलियाविरुद्ध डेनमार्क राति ८ः४५ बजे

समूह ‘डी’ – ट्युनिसियाविरुद्ध फ्रान्स राति ८ः४५ बजे

समूह ‘सी’ – पोल्यान्डविरुद्ध अर्जेन्टिना राति १२ः४५ बजे

समूह ‘सी’ – साउदी अरेबियाविरुद्ध मेक्सिको राति १२ः४५ बजे

समूह 'डी' को समिकरण

समूह 'डी' मा रहेको फ्रान्स एक खेल नखेल्दै अन्तिम १६ मा ठाउँ बनाइसकेको छ। आज फ्रान्सको सामना ट्युनिसियाले गर्दै छ। ट्युनिसिया समूह चरणको पुच्छारमा छ। अष्ट्रेलिया र डेनमार्क पनि समूह १६ मा जानका लागि आमनेसामने हुँदै छन्। अष्ट्रेलिया ३ अंक सहित समूह चरणको दोस्रो स्थानमा र १ अंक सहित डेनमार्क तेस्रो स्थानमा रहेका छन्। अब अष्ट्रेलियाले जित निकाले समूह विजेता वा उपविजेता बन्ने सम्भवना छ। समूह विजेता बन्नका लागि भने फ्रान्सले ट्युनिसियासँग हार्नु पर्ने हुन्छ। यदि अष्ट्रेलियालाई डेनमार्कले हराए डेनमार्क समूह उपविजेता हुँदै अन्तिमा १६ मा जानेछ। 

समूह 'सी' को समिकरण

समूह 'सी' मा रहेका चारै टीम आज आमनेसामने हुँदै छन्। जसमा पोल्याण्ड र अर्जेन्टिना समूह विजेता सहित अन्तिम १६ मा पुग्नका लागि मैदानमा उत्रिँदै छन् भने साउदी अरेबिया भने मेक्सिकोलाई हराएर अन्तिम १६ मा ठाउँ बनाउने दाउमा मैदान प्रवेश गर्दै छ। 

यस समूहमा रहेका साउदी र अर्जेन्टिनाको समान ३/३ अंक रहेको छ। जसमा अर्जेन्टिना दोस्रो र साउदि तेस्रो स्थानमा छन्। ४ अंक सहित पोल्याण्ड पहिलो स्थनमा छ। जसको आज अर्जेन्टिनाले सामना गर्दैछ। समूहको शीर्ष स्थानमा रहेको पोल्याण्डलाई हरायो भने समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गर्ने छ। बराबरी भयो भने समूह उपविजेता हुँदै अन्तिम १६ मा जाने सम्भवना छ भने हार्दा समूह चरणबाटै अर्जेन्टिना निस्किने र पोल्याण्ड समूह विजेता हुँदै अन्तिम १६ मा जाने अवस्था छ। 

त्यस्तै मेक्सिकोले साउदीलाई हराए साउदीको अन्तिम १६ मा पुग्न सक्दैन। साउदीले मेक्सिकोलाई हराएर पोल्याण्डसँग अर्जेन्टिना हार्दा साउदी समूह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गर्ने छ। अन्तिम १६ मा ठाउँ बनाउनका लागि अर्जेन्टिना र साउदीले जित्नै पर्ने दवाव छ। यदि साउदी र अर्जेन्टिना दुबैले जिते अन्तिम १६ मा जानबाट पोल्याण्ड समेत रोकिन सक्ने अवस्था रहेको छ। 

प्रतिक्रिया