ठुलो मतान्तर सहित काठमाडौँ–४ मा कांग्रेसका गगन थापा विजयी


 काठमाडौँ, ६ मङ्सिर : काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत  शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो । 

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । (रासस)

प्रतिक्रिया