राजनीतिक चेतना र विवेकपूर्ण मतदान 

rokat basnet copyनिर्वाचन भनेको प्रत्यक्ष वा अप्रत्यक्ष वा दुवै मतदान प्रक्रियाबाट तोकिएको अवधीका लागि नेतृत्व चयन गर्ने व्यवस्था हो । त्यही नेतृत्वले नै हाम्रो विद्यमान अवस्थामा सकरात्मक परिवर्तन ल्याउन नीतिको निर्माण, योजना तयारी, त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्था र आवस्यक स्रोत र साधनको परिचालन गर्दछ । नेतृत्वको चयनका लागि मतदातामा अव्वल राजनीतिक चेतना र विवेकपूर्ण मतदानको क्षमता अपरिहार्य हुन्छ । चेतनाको स्तर र विवेकपूर्ण मतदानको अवस्था सबै भूगोल र मतदातामा एउटै तहको हुँदैन । विद्यममान राजनीतिक चेतना विपन्नता, शिक्षा, साधन र स्रोतको उपलब्धतालगायत विभिन्न अवस्थाले क्षमताको भिन्नतामा प्रभाव पारेको पाइन्छ । विवेकपूर्ण मतदानका लागि सबै अवस्थाभन्दा अघि राजनीतिक चेतना रहेको अध्ययनहरुले देखाएका छन् । राजनीतिक चेतना भरीपूर्ण भएको विवेकी मतदाताले मात्रै सही नेतृत्वको छनोट गर्न सक्दछ । भिड र हल्लाको पछि लागेर  गरिएको मतदानले सही व्यक्तिलाई नेतृत्वमा पु¥याउन सक्दैन । नेतृत्व सही भएन भने राष्टको विकास«, समाजमा व्याप्त सभ्यता र परिवारको आर्थिक अवस्था झन बर्बादीतिर धकेलिन पुग्दछ । जसको परिणामस्वरुप अति कम विकसित राष्ट्र वा अल्प विकसित राष्ट्र« र विपन्न घरपरिवारको उपमाबाट विश्व र संयुक्त राष्ट्रसंघीय विकास कोषले विभूषित गर्दछ ।

 समाज, बस्ती र मतदातामा अनौपचारिक तवरबाट  राजनीतिक चेतना ल्याउने विभिन्न स्रोतहरु छन् ।  चेतनाका परम्परागत स्रोत भनेकै शिक्षा, सामाजिक परम्परा, दलीय राजनीति, सामाजमा समयसमयमा फैलिने हल्ला, सम्पर्कमा रहेको नेताको प्रभाव, परिवारको आर्थिक अवस्था र भोलीको आशा इत्यादि हुन् । वर्तमानमा  रेडियो, टेलीभिजन, पत्रपत्रिका, विद्युतीय सामाजिक सञ्जाल, राजनीतिक दल, पार्टी कमिटी, दलका सदस्यहरु, विभिन्न समयमा हुने विभिन्न तहका चुनाव नै सामाजिक आर्थिक, राजनीतिक चेतनाका माध्यम हुन् ।  भलै यी स्रोतहरु राजनीतिक हुने भएकाले आफ्नो पार्टी र समर्थकको सबै पक्ष राम्रो र विपक्षीको सबै नराम्रो प्रचार गर्दछन् । चुनावको समयम दुबै पक्षले त्यही सूत्रमा प्रचार गर्ने भएकाले सत्य के हो  भनेर अनुमान गर्न सहज लाग्दछ । राजनीतिक संचेतनाका पछाडि हेगेलले भगवानलाई अगाडि सारे  भने कार्ल माक्र्सले राजनीतिक अर्थशास्त्र र वर्गलाई अगाडि सारेका थिए । 

यस्तो विकराल अवस्थाबाट गुज्रदै आएको हाम्रो चेतनाले अब सही निर्णय र विवेकपूर्ण मतदान गर्नै पर्ने संगीन घडी हाम्रो अगाडि छ । तर अझै पनि हामी दलको सदस्यताका आधारमा होस् या परिवारको अभिभावकको आस्थाको आधारमा या समाजमा निर्वाचनको बेला चल्ने हल्लाका आधारमा या चुनावमा उम्मेदवारले गर्न सक्ने खर्चका आधारमा आफ्नो विवेकपूर्ण मतदान गर्ने आधारलाई गुमाइराखेका छौ ।

हामीले राजनीतिक दललाई नै राजनीतिक चेतनाको आधार मानिरहेका छौ । राजनीतिक दलहरुले  विचार र सक्षमतालाई भन्दा बढि खर्च गर्न सक्ने क्षमताका आधारमा र पेशेवार राजनीतिको अवधीका आधारमा चुनावका लागि नेता अगाडि सार्ने परिपाटीको थालनी गरेको छ । वास्तवमा त्यस्तो नेतालाई नेता मान्ने कि पाखा लगाउने भन्ने निक्र्यौल सचेत नागरिकले बालिग मताधिकारका आधारमा गर्दछ । यसलाई राजनीतिक चेतना भनिन्छ । संचेतना नागरिकको तथ्य विश्लेषण गर्ने जागरुकता र अध्ययनमा निर्भर गर्दछ । सन १९७८ देखि नै क्यालिफोर्निया विश्वविद्यालयमा मानविकी तथा समाज शास्त्र शंकायअन्तर्गतको विभागमा संचेतनाबारे अध्ययन, अध्यापन र विविध अनुसन्धानहरु हुने गरेको पाइन्छ । 

नेपालको समग्र अवस्थामा जडको रुपमा राजनीति हावी छ । आम नेपाली मानसिकतामा देशको राजनीतिक अवस्था राम्रो भइदिए सामाजिक, आर्थिक, शैक्षिक लगायतका सबै पक्ष राम्रो हुने विश्वास बलियो छ । जहाँ र जस्तोसुकै अवस्थामा रहेको नेपाली भए पनि उसको बुझाईको अन्तिम निष्कर्ष यो छ कि गरिबी र अल्पविकसित हुनुको्  एकमात्र कारण नेतृत्वको दूरदृष्टिको अभाव तथा पैसाको प्रभावमा निर्भर निर्वाचन हो । प्राकृतिक स्रोत र साधनले हामी समृद्ध छौ । जैविक विविधता र उत्पादनको अवसरको विविधतामा हामी अग्रणी स्थान छौ तर किन अल्पविकसित र गरिबीको दुष्चक्रमा छौ त ? संयुक्त राष्ट्र संघले गरेको पछिल्लो अध्ययन २०२२ को मानव विकास सूचाङ्कमा नेपाल १४३ औँ स्थानमा रहेको छ । मानव विकासको अवस्थाले नै मानिसको चेतनाको स्तरलाई पनि आँकलन गर्न सकिन्छ । जहाँ विकास हुन्छ त्यहाँ सबै पक्ष  र पाटाहरु अगाडि हुन्छन् भने जहाँ अल्प विकास छ त्यहाँ सबै पक्ष अल्प नै हुन्छन् ।

योजना आयोगले नेपालमा तयार गरेको बहुआयामिक गरिबीको सूचाङ्क २०२१ प्रतिवेदनमा नेपालमा बसोबास गर्ने १७.४ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेका छन् । ग्रामीण क्षेत्रमा त २८ प्रतिशत परिवारमा गरिबीको दुष्चक्र व्याप्त रहेको देखिन्छ । गरिबी अल्प विकसित र अति कम विकसित मुलुकका लागि दर्दनाक अभिशाप नै हो । गरिबीको दुष्चक्रक्रभित्र आर्थिक विपन्नता मात्रै हुँदैन । त्यसभित्र खानेकुराको कमी, शरिरमा ताकतको कमी, निर्णय लिन सक्ने क्षमतामा कमी, अध्ययनको कमी, चेतनाको स्तरमा कमी, लगानीका अवसरमा कमी,  उत्पादनमा कमी, उपभोगमा कमी, सही छनौट गर्न सक्ने ज्ञानको कमी, औषधोपचारको कमी लगायत जे कुरा जति हुनुपर्ने हो ती सबै कुराको कमी नै गरिबीको दुष्चक्र हो । गरिबीको दुष्चक्रबाट बस्ती र परिवारको उत्थान गर्न राजनीतिक दलहरुले निर्वाचनमा आफ्नो दलको घोषणा पत्रमा कार्यक्रमहरु उल्लेख गरेर प्रकासन गरेका हुन्छन् । देशले त्यही घोषणा पत्रलाई कार्यान्वयन गराउन र राष्टिय लक्ष्य पूरा गर्न गोप्य मतदानको चुनावी प्रक्रियाबाट नेतृत्वको छनौट गर्ने गर्दछ ।

यही प्रजातान्त्रिक पद्दति नेताको छनौट विधि मानिन्छ । त्यसका लागि चुनावमा भाग लिएको नेता र उसका कार्यकर्ताहरु आफ्नो नेतालाई मत दिएर जिताउन  भोट माग्न घरघरमा गएर मतदाताहरुलाई भेट्ने, भलाकुसारी गर्ने, आफ्नो पार्टीको विचार र सिद्धान्तलाई सुनाउने र उसको अभिमत आफूतिर पार्न कोशिष गर्दछन् । दलीय व्यवस्थामा अन्य धेरै दलहरु र स्वतन्त्र उम्मेदवारले समेत मत आफ्नो पक्षमा पार्नका लागि सोही प्रक्रिया अवलम्बन गर्ने भएकाले आफ्नो पेशा र व्यवसायमा व्यस्तले मात्रै नभई ग्रामीण दूरदराजमा बसोबास गर्ने घरपरिवारमा समेत राजनीतिक चेतना विस्तार हुने मौका चुनावले दिन्छ ।

नेपालको निर्वाचन थालनीको इतिहास त्यत्ति पुरानो छैन । वि.सं. २००४ मा पद्यम समशेरले नेपालको वैधानिक कानूनको घोषणा गरे पछि त्यसको संशोधनमा नेपालमा चुनावको परिकल्पना गरिएको थियो । जसमा दुई सदनात्मक व्यवस्थापिका र त्यसको तल्लो सदन गाउँ सभामा ४२ जना निर्वाचित सदस्य रहने  उल्लेख थियो र स्थानीय स्तरमा ५ देखि १५ जना सदस्य रहने निर्वाचित गाउँ पञ्चायत , १० देखि ५० जना नगरपञ्चायत र १५ देखि २० जनासम्म जिल्ला पञ्चायतमा निर्वाचित रहने व्यवस्थाको  परिकल्पना गरिएको थियो । तर त्यसको कार्यान्वयन भएन ।  नेपालको अन्तरिम प्रशासनिक कानून २००७ ले निर्वाचन आयोग र २१ वर्ष उमेर पुगेकालाई वालिगमताधिकारको व्यवस्था गरेको थियो । नेपाल अधिराज्यको संविधान २०१५ ले गरेको व्यवस्था अनुसारको कानूनले नेपाल १०९ निर्वाचन क्षेत्रमा विभाजित भयो । त्यस बखतसम्म नेपालीले राजनीतिक चेतनाको वाहक चुनावको अभ्यास गर्न पाएका थिएनन् । त्यही नै नेपालीको मतदानका लागि पहिलो र ऐतिहासिक अभ्यास हो । यसले नेपालीको घरघरमा मतदान गर्नुपर्ने चेतना पु¥यायो । 

राणाकाल (१०३ वर्षको अवधि) चाकरीपरक चेतनामा आधारित थियो । राणा विरुद्धको प्रजातान्त्रिक आन्दोलनले राजनीतिक चेतनाको विजारोपन ग¥यो । २००७ देखि २०१७ साल रजनीतिक व्यवस्थाको सङ्क्रमण कालका रुपमा नै बित्यो । पञ्चायतकाल (वि.सं.२०१७ देखि २०४६) को ३० वर्षको अवधिमा राजनीतिक चेतना खासै विकास भएन । सबै नेपाली पञ्च र सबै पञ्च नेपाली भए । नयाँ सोच राख्ने, जानेबुझेका, पढालेखा र सामाजिक–आर्थिक हैसियत भएका मानिसले कि त पञ्चायतका नेताको झोला बोकेर दरबार निकट भई गाउँफर्क अभियानको टीका लगाएर राजनीतिमा भाग लिनु पथ्र्यो कि त पञ्चायतको विरोधीको बिल्ला भिरेर अराष्ट्रिय तत्वका रुपमा गणना भई झुटो मुद्दा व्यहोर्दै पञ्चायती जेलको सिदा खानु पथ्र्यो वा वनारसका गल्लीतिर जीवन गुल्जार्नु पर्दथ्यो ।  

राजारानीलाई दुइटा आँखाका नानी र राजालाई साक्षत् विष्णुको अवतार मान्दा मात्रै गाउँमा प्रधानपञ्चले स्थान दिन्थे नत्र कम्यनिष्ट, काँग्रेस, गाउँभाडा, राष्ट्रिय एकतामा खलल पु¥याउने अराष्ट्रिय तत्व भएर सजायको भागिदार हुनु पथ्र्यो । शिक्षामा पनि पञ्चायती व्यवस्था केन्द्रित शिक्षामा जोड दिएको थियो । वि.सं. २०४६ सालको जनआन्दोलन भयो । नेपालमा वहुदलीय व्यवस्था पुनः लागू भयो । बहुदलीय व्यवस्थामा पनि हामीले निर्वाचनको अभ्यास ग¥यौ तर सन्तुष्ट नभएर नै गणतन्त्रका लागि १० वर्ष जनयुद्ध  र जनआन्दोलन–२ (वि.सं. २०६३” २०६४), गरेर संविधान सभाको निर्वाचन पनि ग¥यौ । त्यस पछि पनि चुनाव भए  र भइरहेका छन् तर हामीले सचेत मतदाताको रुपमा विवेकपूर्ण मतदान ग¥यौँ त ?

विवेकपूर्ण ज्ञानका लागि शिक्षा महत्वपूर्ण हुन्छ । उच्च शिक्षाको अवसर कुनाकन्दराका बस्तीमा छँदै थिएन । प्राथमिक शिक्षा र गुरुकुल शिक्षासम्मको पहुँच गाउँघरमा थियो । राणकालमा जिम्मावाल, मुखिया र मिजारका परिवारमा शिक्षाको सम्भावना थियो । तर, उच्च शिक्षा पाइहाल्यो भने पनि उ जिल्लाको सदरमुकाम या देशको राजधानीमा बसोबास गर्ने हैसियतको हुन्थ्यो । तत्कालिन समाज जीविकामुखी खेतीपाती, मुख्य आर्थिक स्रोतका रुपमा रहेका गाईबाख्रा, घाँसदाउरा, पानीपँधेरोको खोजीमा आधारित चेतनामा निर्भर थियो । पञ्चायत कालमा पनि ग्रामीण बस्तीमा उच्च शिक्षाको पहुँच पुगेन ।   गोरखापत्र र अन्य पत्रिकाहरु प्रकाशन भए पनि गाउँघरसम्म आइपुग्ने साधन र स्रोत नै थिएन । गाउँको सूचनाको स्रोत भन्नु नै रेडियो नेपाल थियो ।  रेडियो किन्नु, जिल्ला सदरमुकाम गएर त्यसलाई राख्न पाउने लाइसेन्स बनाउनु, त्यसको नवीकरण गर्नु र महङ्गो विदेसी ब्याट्री किनेर बजाउनु बिपन्नको पहुँच र क्षमतामा थिएन । चुनावमा आउने नेता र अड्डाअदालतबाट सानातिना कामका लागि आउने कर्मचारीहरु नै गाउँको बाह्य चेतनाको मुख्य स्रोत थिए । 
यस्तो विकराल अवस्थाबाट गुज्रदै आएको हाम्रो चेतनाले अब सही निर्णय र विवेकपूर्ण मतदान गर्नै पर्ने संगीन घडी हाम्रो अगाडि छ । तर अझै पनि हामी दलको सदस्यताका आधारमा होस् या परिवारको अभिभावकको आस्थाको आधारमा या समाजमा निर्वाचनको बेला चल्ने हल्लाका आधारमा या चुनावमा उम्मेदवारले गर्न सक्ने खर्चका आधारमा आफ्नो विवेकपूर्ण मतदान गर्ने आधारलाई गुमाइराखेका छौ । यसले हाम्रो राजनीतिक चेतनालाई कुनै कसी लगाएको ठहर्दैन । हामी विश्वको दाँजोमा अति पिछडिएका अवस्थाले पिरोलिनेभन्दा बढी त सो अवस्थामा सकरात्मक परिवर्तन ल्याउन नीति बनाउन सक्ने नेतृत्वको छनौट गर्न विवेकपूर्ण मतदान गर्ने मतदाता हुनु पर्ने होइन र ! चिया गफमा त हामी कोहीभन्दा कम चेतना भएको मानिसका स्थानमा आफूलाई राख्नै चाँहदैनौ । तर, मतदानका समयमा भीडको पछाडि लागेर एकदुई छाक खाना”खाजा, एकदुई हजार गोजीखर्च, परम्परागत राजनीतिक आस्था, साथीसंगतको प्रभाव र अन्य रैथाने प्रभावका आधारमा  मतको दुरुपयोग गर्दछौँ । समाजको अवस्था नै नबुझेको, युगको मागलाई गहण बोध नगरेको, उच्च शिक्षा नै नलिएको तर राजनीतिक दल र स्रोत विहिन खर्चको प्रभावमा चुनाब जित्ने इरादा बोकेको मानिसलाई नेताका रुपमा निर्वाचित गर्दछौ । अनि देश, समाज र परिवारको अवस्था देखेर नेतृत्वबाट विकास भएन, जनजीविकाको आधार बनेन भनेर सत्तोसराप गर्छौ । के यो सबै परिणामको उपज हाम्रो राजनीतिक चेतना र विवेकहीन मतदान नै होइन र ?


 

प्रतिक्रिया