पाकिस्तानका २ बक्सर बेलायतमा भागे

इस्लामाबाद। कमनवेल्थ खेलमा भाग लिन गएका पाकिस्तानका २ बक्सर बेलायतमै लुकेका छन्। पाकिस्तानबाट प्रकासित हुने ‘द डेली पाकिस्तान’ को रिपोर्ट अनुसार सुलेमान बलोच र नजिरउल्ला नाम गरेका बक्सर लुकेर बसेका हुन्। उनीहरूले कुनै पदक जित्न नसकेको बताइएको छ। अहिले उनीहरूको खोजी कार्य जारी छ। 

अन्य खेलाडी घर फर्किनका लागि बसमा चढिरहेको बेला उनीहरू उपस्थित भएका थिएनन्। दुवैको ट्राभल डकुमेन्ट पाकिस्तानी खेल अधिकारीसँग छ। बेलायत सरकारलाई यस विषयमा पाकिस्तानी ओलम्पिक कमिटीले जानकारी दिइसकेको छ। 

अहिले उनीहरू बर्मिङ्घममा लुकेर बसेको हुनसक्ने आशंका गरिएको छ। बेलायत सरकारले यस विषयमा कुनै जानकारी उपलब्ध नगराएको पत्रिकामा उल्लेख छ। उनीहरू हराएको विषयमा पाकिस्तान ओलम्पिक कमिटीले ४ सदस्यीय छानवीन समिति गठन गरेको बताइएको छ। उनीहरूको बेलायतमा परिवारका अन्य सदस्य त छैनन्, यस विषयमा पनि सोधपुछ भइरहेको छ। बेलायतको बर्मिङघममा हालै कमनवेल्थ गेम सम्पन्न भएको थियो। 


 

प्रतिक्रिया