पवन चाम्लिङ, भारत र नेपालमा सुपरिचित राजनीतिक नाम हो । नेपाली मूलका यी नेताले आफ्नै पहलमा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ) नामको राजनीतिक दल स्थापना गरे ।

यसकै संगठन शक्तिको बलमा जनमत पाएर उनी अढाई दशक भारतको सिक्किम राज्यको राजकाज चलाउन सफल भए ।

लामो समय एकछत्त शक्तिमा रहँदा पनि उनले परिवारलाई कहिँकतै देखापर्न दिएनन्, अर्थात् दक्षिण एशियाको परम्परा बनिरहेको परिवारवादको आक्षेपबाट आफूलाई चोखो राख्न सफल भए ।

` मैले चाहेको भए मन्त्री, विधायक जे पनि बनाउन शक्थें तर त्यसो गरिन, आफू राजनीतिमा सक्रिय भईञ्जेल परिवारका कसैलाई पनि पार्टीमा सरिक हुने छुट छैन तर मैले अवकाश लिएपछि उनीहरु स्वतन्त्र हुनेछन्। उनीहरुलाई पनि त अधिकार छ ।

हालै एकसाता काठमाडौं बसेका नेता चाम्लिङसँग दृश्य टिभीले गरेको रोचक कुराकानी-

प्रतिक्रिया