शेयर बजारमा ३६ अंकको गिरावट

काठमाडौं । शेयर बजार मङ्गलवार पनि घटेको छ । सोमबार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से मंगलबार ३६ दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय ९६ दशमलव २६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २३ वटा कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको चार करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आँधीखोला लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया