३४ वर्ष पुरानो मुद्धामा सिद्धुलाई १ वर्षको जेल सजाय

दिल्ली। ३४ वर्ष पुरानो मुद्धामा भारतीय क्रिकेट टिमका पूर्व ब्याट्सम्यान तथा पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुलाई १ वर्षको जेल सजाय भएको छ। रोडमा भएको एउटा विवादमा सिद्धुको हमलाबाट एक बृद्धको हत्या भएको थियो। 

४ वर्षअघि अदालतले यो मुद्धामा सिद्धुसँग १ हजार रुपैयाँ जरिवाना गर्दै छोड्ने आदेश दिएको थियो। तर, अदालतको पुरानो आदेशलाई उल्ट्याउँदै उच्च अदालतले उनलाई १ वर्षको जेल सजाय सुनाएको हो।

उनी अब पटियाला जेलमा रहनेछन्। जहाँ आफ्नो राजनीतिक प्रतिद्धन्द्धी विक्रम सिंह मजिठिया नजिकै बस्नु पर्नेछ। अदालतको फैसला बाहिरिएपछि उनले आत्मसम्पर्ण गर्छन कि प्रहरीले कानुनको पालना गर्छ? यस विषयमा सबैको आ–आफ्नो भनाई छ। उनले फैसलाको विषयमा कुनै टिप्पणी गरेका छैनन्। 

अदालतको फैसला बाहिर आउँदा उनी सरकारविरूद्ध महंगीको विषयमा हात्तिमा चढेर प्रदर्शन गरिरहेका थिए। 

सन् १९८८ मा पटियालाको एउटा पार्किङमा ६५ वर्षीय गुरनाम सिंह नामका व्यक्तिसँग झगडा भएको थियो। त्यो झगडामा सिद्धुको पिटाईले ती व्यक्तिको ज्यान गएको थियो। यतिबेला प्रहरीले सिद्धु र उनको साथी रुपिन्दर सिंह सिद्धुविरूद्ध मुद्धा दायर गरेको थियो। अदालतले सन् १९९९ मा साक्षी नपुगेको भन्दै उनलाई छोडेको थियो। तर, पिडित पक्षले पुनः मुद्धा दायर गरेपछि २००६ मा उच्च अदालतले सिद्धुलाई ३ वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। 
 

प्रतिक्रिया