लिग वान : च्याम्पियन बनिसकेको पीएसजीको सानदार जित

काठमाडौं– यो सिजनको लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित हात पारेको छ।

शनिबार राति भएको खेल पीएसजीले घरेलु टोली मोन्टपेलिएरलाई ४–० ले पराजित गरेको हो। पीएसजीको जितमा मेसीले दुई गोल गर्दा केलियन एमबाप्पेले दुई असिस्टसँगै एक गोल गरे। एक गोल एन्जल डि मारियाको नाममा रह्यो।

खेलको छैटौं मिनेटमा मेसीको गोलबाट अग्रता बनाएको थियो।२०औं मिनेटमा मेसीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

२६औं मिनेटमा एन्जल डि मारियाले गोल गरेपछि पीएसजी पहिलो हाफमा ३–० ले अघि बढ्यो। ६०औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको फराकिलो जित पक्का गरे।

पीएसजीको ३७ खेलबाट ८३ अंक पुगेको छ। पीएसजीले दोस्रो स्थानको मोनाकोलाई १५ अंकले पछि पारेको छ। पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औं स्थानमा रहेको छ।

प्रतिक्रिया