नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको शेयर बजार मङ्गलबार भने केही बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार १३ दशमलव ३७ अङ्कले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । दुई सय २९ कम्पनीका ३२ लाख १३ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भयो । नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि दिव्येश्वरी हाइड्रोको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।
 

प्रतिक्रिया