शेयर बजार नेप्सेमा २९ अंकको गिरावट

काठमाडौं । नयाँवर्षको पहिलो दिनको कारोबारमै शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार २९ दशमलव ६ अङ्कले घटेर दुई हजार ३ सय ८५ दशमलव ६४ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, जलविद्युत्, होटल, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दोहोरो अङ्कले बजार घटेको दिन दुई सय ३३ कम्पनीका ३४ लाख सात हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ४९ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया