नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजार आज बुधबार पनि दोहोरो अङ्कले घटेको छ । पछिल्लो दुई दिन लगातार उच्च अङ्कले घटेको नेप्से बुधबार २३ दशमलव ३२ अङ्कले घटेर दुई हजार चार सय २८ दशमलव ७५ विन्दुमा झरेको छ । आज व्यापार, जीवन बीमा र अन्य समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ ।

दुई सय २६ वटा कम्पनीका ४३ लाख ७२ हजार कित्ता शेयर एक अर्ब ९९ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर १० प्रतिशतले घटेको छ । यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटे पनि नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले तथा सोल्टी होटल र तारागाउँ रिजेन्सीको शेयर झन्डै चार प्रतिशतले बढेको छ ।

प्रतिक्रिया