१४ अङ्कले घट्यो नेप्से

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार ४१ र सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से मङ्गलवार १४ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय २७ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज होटलबाहेक सबै समूहको शेयर घटेको छ । दोहोरो अङ्कले शेयर घट्दा कारोबार रकम दुई अर्ब रुपैयाँ पनि पुगेन । दुई सय २५ कम्पनीका ३८ लाख ९० हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज नेपाल लाइफ इन्सुरेन्स, जीवन विकास लघुवित्त र आशा लघुवित्त कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि नेष्डो र राष्ट्रउत्थान लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया