काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले स्पष्ट अडान नलिएका भए देशमा गणतन्त्र स्थापना सम्भव नहुने बताएका छन्।

पूर्व प्रधानमन्त्री कोइरालाको स्मृति दिवसका सन्दर्भमा उनलाई सम्झँदै अध्यक्ष प्रचण्डले जे बोल्यो त्यो पूरा गर्ने कोइरालाको बानीबाट आफू निकै प्रभावित भएको पनि सुनाए। ‘मलाई उहाँ अभिभावक जस्तो लाग्यो, उहाँको ‘टावरिङ्ग पर्सनालिटी’ ले गर्दा नै गणतन्त्र आउन सम्भव भएको हो’ प्रचण्डले भने–‘ छोटो र बिषयसँग सम्बन्धित कुरा मात्र गर्ने र त्यो पूरा गर्ने गिरिजा बाबुको शैलीबाट म निकै प्रभावित भएँ।’

अध्यक्ष प्रचण्डसँग दृश्य टिभीले गरेको वार्ताको पूर्ण विवरण यस्तो छ–

 

प्रतिक्रिया