एनसेलको नयाँ अल टाइम डेटा प्याक, बढ्यो ननस्टप यूट्युब डेटा प्याकको भोलुम

काठमाडौं । एनसेल आजियाटाले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको जनाएको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित मात्र १२५ रुपैयाँमा सुचारु गर्न सक्छन् । 

त्यस्तै नन्स्टप युट्युब प्याकअन्तर्गत ग्राहकले करसहित मात्र  १४७ रुपैयाँमा सात दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप अफर लयाएको छ । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएकोमा अब यो भोलुम बढेर ४ जीबी बनाएको हो ।

यी प्याकहरू फागुन १७ गते मंगलबारबाट सञ्चालनमा ल्याएको हो । डेटा प्याक अन्तर्गत नयाँ अल टाइम डेटा प्याक र नन्स्टप युट्युब प्याकमा पुरानै मूल्यमा दोब्बर अल टाइम डेटासहित भाइबर म्यासेजिङ्का लागि छुट्टै डेटाले ग्राहकलाई थप मूल्य प्रदान गर्दै कुनैपनि समय सम्पर्कमा रही रहन मद्दत गर्ने विश्वास लिएका एनसेलले जनाएको  छ ।

प्रतिक्रिया