ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुने भएको छ ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्ने छन् । आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ ।

ओली र लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनीहरुलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ थियो । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले सरकारले उनिहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै चैत १५ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया