भिर पाखामा राखिएका लोपन्मुख मौरी घार (तस्बिरहरु)

बाजुरा । बाजुराका भिर पाखामा मौरी पालन व्यवसायको लागी मौरी घार राख्ने गरिन्छ । विशेष गरी वनजंगल नजिक भिर पाखामा घार राख्दा मौरीलाई मह छिटो बनाउन सजिलो हुने गर्छ।यस्ता घारलाई स्थानीय भाषामा घाडासमेत भन्ने गरिन्छ ।

photo-3_5228d2fd

यस्ता प्रकारका घाडा बाजुरामा पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेका छन् । पहिलेको तुलनामा अहिले मौरी पालन व्यवसायमा समेत कमी आएको छ । त्यसैमा आधुनिक घार प्रयोग गर्न थालिए सँग यस्ता घार हराउँदै गएका हुन् । यहाँका ९ वटै स्थानीय तहका विभिन्न गाउँ(ठाउँका भिर पाखामा मौरी घार राखेर व्यवसाय गरिँदै आएको छ । परम्परागत शैलीबाट निमार्ण गरी मौरी पालनमा सहयोग पुर्याउने यी घार पछिल्लो समय विरलै देख्न पाइन्छ ।

photo-8_42932476

चिसो मौसम तथा ठाउँमा मौरीले राम्रो मह उत्पादन गर्ने हुँदा घार यसरी भिर पाखामा सजाइन्छ । भौगोलिक रूपमा विकट तथा पाखो क्षेत्र जहाँ विभिन्न वनस्पति र फूलहरू हुने गर्छन् त्यहाँ मौरी पालन व्यवसाय गर्नु एक उत्तम विकल्प हो ।तर, पछिल्लो समय आधुनिकपनले मौरी घार हराउँदै गएका छन् । टिनका आधुनिक घार प्रयोग गर्न थालिए पछि यस्ता घार हराउँदै गएका हुन् । यसले गर्दा परम्परागत मौरी घारको संरक्षणमा चुनौती समेत थपिएको छ ।

photo-7_88a5a686photo-9_2601efbc

प्रतिक्रिया