काठमाडौं । आज शुक्रबार देखि दुई नयाँ नेपाली फिल्महरु ‘कुमारी’ र ‘रम्मिताको पिरती’ प्रदर्शनमा आएका छन् ।
दिनेश राउतद्वारा निर्देशित ‘कुमारी’ र सुदीप्ता अधिकारीद्वारा निर्देशित ‘रमिताको पिरती’ आजदेखि देशव्यापी प्रदर्शनमा आएका हुन । फिल्म ‘कुमारी’ ले सिनेमा हलमा सबैभन्दा बढी १ सय ५२ शो पाएको छ भने ‘रमिताको पिरती’ ले ९३ शोज पाएको छ । ‘कुमारी’ आकृति राजभण्डारी र अभिषेक खड्काको डेब्यू फिल्म हो ।
निर्माता महेन्द्र अधिकारीको यो फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठलगायतको अभिनय रहेको छ । त्यस्तै ‘रमिताको पिरती’ फिल्ममा आना शर्माले रमिताको शीर्ष भूमिका निर्वाह गरेकी छिन् । यो फिल्ममा गायक समीर श्रेष्ठका साथमा धीरज मगर र विनय श्रेष्ठले पनि यसमा अभिनय गरेका छन् । एक घण्टा ५५ मिनेट रनटाइमको यो फिल्मले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ ।
प्रतिक्रिया