घरबाट विशेष महाधिवेशन स्थल निस्कनुअघि गगनले के भनेका थिए ?

काठमाडौं । दोस्रो विशेष महाधिवेशनको अगुवाई गरिरहेका महामन्त्री गगन थापाले महाधिवेशन उद्घाटनको करिब छ घण्टा अगाडि नेपाली कांग्रेसमा किन नवीकरण आवश्यक परेको हो भन्ने बारेमा विस्तृत चर्चा गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माको बलियो साथ पाएका महामन्त्री थापाले दोस्रो विशेष महाधिवेशनलाई विशेष दिनको संज्ञा दिएका छन् । उनले समाजको इतिहासका हरेक कालखण्डमा समाजको एजेन्डा बोक्न सकेकाले नै नेपाली कांग्रेसले जनताको विश्वास आर्जन गर्न सफल भएको चर्चा गरेका छन् । 

महामन्त्री थापाले विशेष महाधिवेशनस्थल भृकुटीमण्डप निस्कनुअघि मातापिताको हातबाट आशिर्वादको टिका ग्रहण गरेका थिए । घरबाट निस्कनु अघि उनले फेसबुक वालमा इतिहासलाई यसरी सम्झेका थिए-

आज विशेष दिन ।  जसरी २००७ सालमा बिपिले समाजले चाहेको तानाशाहीबाट मुक्तिलाइ आफ्नो  मुद्दा  बनाउनु भयो र प्रजातन्त्रका लागि  कांग्रेस लड्यो। समाजको एजेन्डा कांग्रेसले बोक्यो त्यसैले आम नेपालीको साथ र बिश्वास कांग्रेसले आर्जन गर्यो।

२०४६ मा पन्चायतबाट मुक्ति समाजले खोजेको थियो, समाजको यो मुद्दालाई गणेशमान सिंहको नेतृत्वमा कांग्रेसले बोक्यो  त्यसैले आम नेपालीको साथ र बिश्वास कांग्रेसले आर्जन गर्यो।

२०६२/६३ मा समाजले हिंसाबाट मुक्ति र शान्ति चाहेको थियो, समाजको यो मुद्दालाई गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसले बोक्यो त्यसैले आम नेपालीको साथ र बिश्वास कांग्रेसले आर्जन गर्यो।

२०७२ मा समाजले संबिधान निर्माण चाहेको थियो,यो मुद्दालाई सुशिल कोइरालाको नेतृत्वमा कांग्रेसले बोक्यो त्यसैले आम नेपालीको साथ र बिश्वास कांग्रेसले आर्जन गर्यो।

समाजको मुद्दालाई आफ्नो मुद्दा  बनाउदा कांग्रेसले सधै जितेको छ र देश र नागरिकलाई जिताएको छ।

भाद्र २३र२४ मा भने कांग्रेसका विरुद्ध पनि आन्दोलन भयो किनकी समाजले खोजेको सुशासन, सुधार र डेलिभरीको मुद्दालाई कांग्रेसले बिश्वालियो ढङ्गबाट बोकेर पुरा गर्न सकेन।

यसकारण त्यो बिश्वास आर्जन गर्दै समाजको मुद्दालाई बोक्नका निम्ति कांग्रेसमा नवीकरण आवश्यक छ। त्यो अवसर विशेष महाधिवेशन हो। समाजको मुद्दाबाट बिमुख भएर हाम्रो परिचय र इतिहास बन्दैन। हाम्रो परिचय भनेकै समाज बुझ्ने र समाजको मुद्दा बोक्ने हो।

विशेष महाधिवेशन मार्फत यो ऐतिहासिक कार्यभार पूरा गर्ने मौका तपाईं हामिमा आएको छ। जय नेपाल !

प्रतिक्रिया