शत्रु परास्त गर्ने चाणक्य तरिका

प्राचीन विद्वान चाणक्य आज पनि उत्तिकै सान्दर्भिक लाग्छन् जतिबेला उनी आफैं ज्ञान आर्जन गरिरहेका थिए । उनकै नीति चाणक्य नीति भनेर प्रख्यात छ जसले धुरन्धर कुटनीतिज्ञहरुलाई समेत मार्गदर्शन गरिरहेको छ ।

आचार्य चाणक्यका एक होइन अनेक दृश्टान्त छन्, उदाहरणहरु पाईन्छन् । उनको भनाईमा शत्रुलाई जरैदेखि उखेल्नुपर्छ । शत्रुलाई बुद्धिमानीपूर्वक सधैंका लागि पराजित गर्नुपर्छ ।

यसका लागि उनले चाणक्य नीतिका श्लोकहरू मार्फत केही महत्त्वपूर्ण कुराहरू पनि बताएका छन्। शत्रुलाई परास्त गर्न आचार्य चाणक्यले कुन रणनीति अपनाउन सुझाव दिन्छन्, हेरौं ।

चाणक्य नीतिमा आचार्य चाणक्यसँग सम्बन्धित एउटा कथन छ, जब उनी बाल्यकालमा थिए, कुशको त्यान्द्रोले उनको खुट्टा घोचेको थियो। त्यसपछि उनले त्यो कुशको टुक्रालाई पैतालाले कुल्चेर उभिरहेका थिए । जब एकजना आचार्यले उनलाई सोधे उनी पवित्र कुशसँग किन यतिविधि रिसाइरहेका छन् ।

उनलाई थाहा हुनुपर्ने हो कि कुश कहिल्यै मासिदैन, न समाप्त नै हुन्छ । जतिसुकै समय थिचेर राखेपनि एकपटक खुला हुन मौका पाउनसाथ कुश त फैलिईहाल्छ । नभन्दै पछि मौका पाएपछि कुश त फैलियो । तैपनि ती बालक चाणक्य भन्छन्, म त शत्रुलाई निर्मूल पार्ने कुरामा विश्वास गर्छु ।  

आचार्य चाणक्यले शत्रुलाई पूर्ण रूपमा कुल्चनु पर्नेमा विश्वास गर्थे। चाणक्य नीतिमा शत्रुको लागि के भनिएको छ जानौं ।

आचार्य चाणक्य भन्छन्, बुद्धिमान व्यक्तिको कर्तव्य हो आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिनु र राम्रो परिवारमा विवाह गर्नु । उनीहरूलाई यस्तो शिक्षा देऊ कि उनीहरूको सम्मान पनि बढोस् । साथै, आफ्नो शत्रुलाई कुनै यस्तो लतमा फसाउनुहोस् जसबाट बाहिर निस्कन उसले चुनौतीहरूको सामना गर्नेछ र आफ्नो साथीलाई भने धर्मको बाटोमा अगाडि बढाउनुहोस् ।

आचार्य चाणक्यले यहाँ शत्रुको बारेमा जे भनेका छन् त्यसले उनको दूरदर्शितालाई दर्शाउँछ । उनले शत्रुलाई बुद्धिमानीपूर्वक नष्ट गर्नुपर्छ भनी संकेत गरेका छन् ।

किनभने लतमा फसेको शत्रु हुनुले कुनै फरक पार्दैन । दुर्व्यसनी व्यक्ति मानसिक रूपमा कमजोर हुन्छ। अनि ऊ आफैंमा अल्झिरहन्छ । साथै, आचार्य चाणक्यले जोड दिएका छन्, एक सच्चा मित्रले सधैं धर्मको मार्गमा हिँड्न प्रेरित गर्छ ।

बलियो शत्रुलाई अनुकूल व्यवहारद्वारा नियन्त्रण गर्न सकिन्छ र खराब शत्रुलाई प्रतिकूल व्यवहारद्वारा नियन्त्रण गर्न सकिन्छ । समान शक्ति भएको शत्रुलाई नम्रता वा बल प्रयोग गरेर दबाउने प्रयास गर्नुपर्छ ।

चाणक्य नीतिमा आचार्य चाणक्यले समय र परिस्थिति अनुसार शत्रुसँग व्यवहार गर्नुपर्छ भनी बताएका छन् । यदि शत्रु बलियो छ भने नम्रताका साथ उसलाई हराउने प्रयास गर्नुपर्छ ।

अथवा तपाईंले यसलाई आफ्नो लागि अनुकूल बनाउने प्रयास गर्नुपर्छ । त्यसैगरी, दुष्ट शत्रुलाई प्रतिकूल व्यवहार गर्नु उचित हुन्छ। किनभने उसले नम्रतालाई कमजोरी ठान्नेछ ।

त्यसकारण, उसलाई यस्तो व्यवहार गर्नुपर्छ कि उसको दुष्टतालाई नियन्त्रणमा राखियोस् ।  (स्रोत: चाणक्य नीति)
 

प्रतिक्रिया