डाक्टर डेथले बनाए, पीडाबिना एक मिनटमै मर्न सकिने मशीन 

 

काठमाडौं । भौतिक विज्ञानले अब जीवनलाई मात्र हैन, मृत्युलाई पनि सहज बनाउँदैछ । स्विटर्जल्याण्डले एउटा कफिन आकारको मशीनलाई मान्यता दिएको छ, जसलाई ‘मृत्यु मशीन’ भनिएको छ । 

यो यस्तो मशीन हो, जसको सहायताबाट मानिसले एक मिनटमै कुनै पीडाबिना शान्तिपूर्ण ढंगले मृत्युलाई अंकमाल गर्नसक्छ । मशीनभित्र मानिस बसेपछि अक्सीजनको स्तर निकै कम हुँदै जान्छ, जसले गर्दा थाहै नपाइ हाइपोक्सिया र हाइपोक्यानियाबाट प्रयोगकर्ताको मृत्यु हुनपुग्छ । 

3

एक्जीट इन्टरनेशनल नामक संस्थाका डाइरेक्टर डा. फिलिप निटस्केले यो ‘मृत्यु मशीन’ बनाएका हुन् । यसैकारण निर्देशक डा. फिलिपलाई अचेल विश्वभरी ‘डा. डेथ’ भन्न थालिएको छ । यो मशीनको नाम ‘सार्को’ राखिएको छ । 

स्विटर्जल्याण्डमा इच्छामृत्युले कानूनी मान्यता पाइसकेको छ । एग्जिट इन्टरनेशनलका अनुसार गत वर्ष स्विटर्जल्याण्डमा अरु कसैको सहयोगमा १३ सय जनाले आत्महत्या गरेका थिए । अहिले डा. फिलिप अर्थात ‘डा. डेथ’ले बनाएको मशीन त्यस्ता मानिसहरुका लागि उपयोगी हुनसक्छ, जो विभिन्न रोगका कारण हिंडडुल गर्न सक्दैनन् र ‘आफैलाई भार भयो, आज आफ्नै जिन्दगी’ भने झैं हुन्छ । 

‘यदि कुनै आकस्मिक कठिनाइ भएन भने हामी अगामी वर्ष सार्को मशीनलाई देशभरी उपलब्ध गराउनेछौं । अहिलेसम्म यो निकै खर्चालु योजना हो, तर हामीलाई विश्वास छ अब यो कार्वान्वयनको निकै नजिक छ’, डा. डेथले भनेका छन् । 

सार्को मशीनलाई भित्र बसेर पनि संचालन गर्न सकिन्छ । रोगी व्यक्ति मशीनभित्र आँखा बन्द गरेर पनि यो मशीन चलाउन सक्छ र आफुलाई सहज मृत्युतर्फ अघि बढाउनसक्छ । यो मशीनमा बायोडिग्रेबल क्याप्सूल राखिएको छ, जसलाई शव राख्ने बाकस (कफीन) झैं प्रयोग गर्न सकिन्छ । 

dr death

यो मशीन त्यस्ता विरामीका लागि सहायक हुनसक्छ, जो बोल्न र हिंडडुल गर्न सक्दैनन् । यो मशीनलाई मर्न चाहनेले आफ्नो प्रिय स्थानमा लैजानसक्नेछ । प्रयोगकर्ताले बटन थिचेपछि र एक मिनटमै उनको मृत्यु भएपछि यसलाई कफिनका रुपमा उपयोग गर्न सकियोस् भनेरनष्ट हुनयोग्य क्याप्सूल मशीनबाट अलग हुन्छ । 

हाललाई दुइवटा मशीनका प्रोटोटाइप तयार भएका छन् । तेश्रो मशीनको उत्पादन पनि भइरहेको छ । अर्को वर्षसम्म यो तयार हुने बताइएको छ । 

डा. डेथको आलोचना

मर्न चाहनेहरुका लागि यो मशीन बरदान भए पनि कतिपय मानिसहरुले डा. डेथको चर्को आलोचना पनि गर्न थालेका छन् । मशीनको प्रयोग गर्ने तरीकालाई मानिसहरुले गलत बताइरहेका छन् । आलोचकहरुका अनुसार सार्को मशीन कुनै ‘ग्यास च्याम्बर’जस्तो छ । अर्काथरीले त यो मशीनले आत्महत्यालाई बढावा दिनेसम्मका आलोचना गरेका छन् । 

 

2

प्रतिक्रिया