हाइड्रा : शान्त ग्रीक टापु जहाँ कारहरू प्रतिबन्ध छ र समय स्थिर

झट्ट हेर्दा ‘हाइड्रा’ अन्य छिमेकी टापुभन्दा फरक छैन। एसियन सागरका अन्य टापुहरू जस्तै सफा सडकहरू, स्वच्छ हावा र वरिपरि चम्किरहेका नीलो पानीका सान्त छालहरू छन्, यहाँ।

‘हाइड्रा’ के कुराले फरक देखिन्छ भने यहाँको यातायात मोड फरक छ। यहाँका स्थानीयहरूले घोडाका खुरको लयबद्ध आवाजलाई अँगालेर हर्न बनाउने कोलाहल वावातरणको विरोध गरिरहेका छन्।

जानाजानी ‘हाइड्रा’ लाई कारहरूबाट टाढा राखिएको हो। यहाँको स्थानीय कानुनमा (बारण यन्त्र, एम्बुलेन्स बाहेक) मोटरहरू दर्तामा प्रतिबन्ध लगाइएको छ। ग्रीक टापुका लगभग २ हजार ५०० का स्थानीयहरू सवारी साधानका रूपमा खच्चर, गधा र साना घोडाहरू प्रयोग गर्छन्।

ढुङ्गाबाट ‘हाइड्रा’ पोर्टमा ओर्लिएपछि टापुको बीच भागमा आगन्तुकहरूका लागि साना घोडाहरू भेटिन्छन्। ती घोडाहरूले ढुङ्गा बिच्छाइएका सडकहरू हुँदै आफ्ना बाटो बुन्छन् र आगन्तुकहरूलाई असहज गतिको मज्जा दिलाउँछन्। ‘हाइड्रा’ का अनौठा बाटा भएर हिंड्दा स्थानीयहरूलाई आफ्ना चार खुट्टा भएका साथीहरूसँगै आफ्नो दैनिक व्यापारमा हिँडेको जस्तो देखिनु सामान्य जस्तै भएको छ।

परम्परागत ढुङ्गे गाउँहरूले सजिएको दक्षिणी तटवर्ती भागमा रहेको कमिनियादेखि टापुको पश्चिम किनारमा रहेको मुन्द्रासम्म पानी र ‘ब्याक–लेड अउरा’ को उपस्थितिले टापु सजिएको छ। “हाइड्र यस्तो टापु हो, जसले तपाईँलाई समयमै लैजान्छ।” हर्स ट्रेकिङ कम्पनी, ह्यारिएट हाइड्रा हर्सेसका मालिक ह्यारिएट जार्मनले भनिन्, “यस टापुमा सबै यातायात घोडा र खच्चरबाट गरिन्छ। यहाँ कुनै पनि कारहरू छैनन्, सबैको जीवन थोरै शान्त छ।”

कार छैन ? समस्या छैन

‘हाइड्रा’ सँग जार्मनको सम्बन्ध २४ वर्ष पहिलो सुरु भएको हो। जब उनकी आमाले उनलाई छुट्टीमा टुपामा ल्याइन्, त्यसपछि ‘हाइड्रा’ मा नै स्थायी घर बनाउने गरी उनीहरूले निर्णय भयो।

ग्रीसमा देखिएको आर्थिक सङ्कटका कारण जार्मनलाई आफ्नो प्यारो घोडा ‘क्लो’ बेच्न दबाब प¥यो। आफ्नो प्रिय साथीलाई आफैँसँग राख्ने दृढ संकल्प गरेकी उनले ट्रेकिङ व्यावसाय स्थापना गर्ने निर्णय गरिन्। व्यापारलाई क्लोले सहयोग गर्दैन यद्यपी उनी टापुको परिदृश्यामा क्लोसँग प्रेम आदानप्रदान गर्न तयार भइन्।

“घोडा (क्लो) राख्न महङ्गो छ, बेच भनेर सबैले भन्न थालेपछि म दिक्क भएकी थिएँ,” उनले सम्झँदै भनिन्, “मैले सोचे ठीक छ, म टापुमा किन बस्न चाहन्छु भन्ने कुरा मानिसहरूलाई देखाउनुछ।” टापुभरका लागि अनुभवी पथप्रदर्शकसहित कम्पनीसँग अब १२ घोडाहरू छन्। यीनका माध्यमबाट ‘हाइड्रा’ का धेरै विचित्र मठहरू र रमणीय समुन्द्र तटहरूको यात्रा हुने गरेको छ।

खुरको छापमा कुँदिएका सम्पदा

‘काइकस’ भनेर चिनिने परम्परागत घोडाले तानिएकोे यातायातलाई अँगाल्ने निर्णयले टापुको समृद्ध संपदा र दिगो जीवनप्रतिको प्रतिबद्धतालाई सम्मान प्रदान गरेको छ।

१८ औँ र १९ औं शताब्दीका समयमा‘हाइड्रा’ एक समुद्री हबका रुपमा उदायएको थियो। तर, २० औं शताब्दीसम्म आइपुग्दा, ग्रीसको बाँकी भागमा मोटर साइकल यातायात ल्याइए। यहाँका साँघुरा एवं ठाडा गल्लीहरू र चट्टानी भूभागमा कारहरू अव्यावहारिक भए। त्यसैले यहाँका बासिन्दाले घोडा यातायातलाई अपनाए। जसले असहज परिस्थितिलाई सहज तुल्याइदियो।

कालान्तरमा खुरहरूमा निर्भर ‘हाइड्रा’ को जीवनशैली संस्कृतिसँग गाँसियो। गधा र खच्चरहरू टापुको पहिचानको अभिन्न अंग बन्न पुग्यो। टापुका मानिसका लागि आवश्यक पर्ने सामग्री ओसार पसारका लागि परम्पारागत रूपमा मानिसले जे प्रयोग गर्थे त्यही नै यो आजसम्म कायम छ।

“यहाँ वरपरका मानिसहरू सबैजना आफ्नो पछाडि बस्छन्,” जार्मन भन्छिन्, “तिनीहरू हाम्रा कार र हातहरू हुन्, निर्माण सामग्रीदेखि फर्निचर र किनमेलका सामानसम्म सबै बोक्छन्।”

एउटा कलात्मक स्वर्ग

कारहरू नहुँदा टापुलाई शान्त तुल्याउन योगदान पुगेको छ। जसमा प्रख्यात इटालियन अभिनेत्री सोफिया लोरेनलगायत सबैबाट यहाँको रचनात्मक चित्रण भएको छ। सन् १९५७ मा‘बोय अन डल्फिन’ फिल्म निर्माण गर्ने क्रममा लोरेन ‘हाइड्रा’ को प्रेममा परेकी थिइन्।

गहना डिजाइनर,‘हाइड्रा’ का स्थानीय एनेला भोत्सीले भनिन्, “हाइड्राले अद्भूत रंगहरू, सुन्दर प्रकास र एक अदि्वतीय वातावरण प्रदान गर्छ। जसले धेरै मानिसलाई प्रेरित गरेको छ।”

परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्रसँग मिलाउने कामका लागि परिचित भोत्सी आफ्नो ग्रीक सम्पदाका साथै प्रकृति र ज्यामितीबाट प्रेरणा लिन्छिन्।

एथेन्समा जन्मिए पनि भोत्सी भन्छिन् कि उनी आफ्नो बाबालाई भेट्नका लागि गर्मी बिदामा ‘हाइड्रा’ आइन्। कार नहुँदा यस स्थानलाई काम गर्न सहज भएको छ। त्यसैले पनि भोत्सीको क्यारिएरको सुरुवातदेखि नै डिजाइनलाई प्रेरित गरेको छ।

“सूर्य, यहाँका चट्टान, छालहरूका ढाँचाले मलाई प्रेरित ग¥यो, यस टापुको प्राकृतिक सौन्दर्य र विशिष्टताले मेरो सृजनात्मक प्रक्रियालाई ठूलो प्रभाव पारेको छ,” भोस्तीले भनिन्।

सन् २०२३ मा अन्तराष्ट्रिय ओलम्पिक कमिटिको लागि ग्रीष्मकालिन ओलम्पिक खेल पदक पुनः डिजाइन गर्ने प्रतियोगितमा भाग लिन उनलाई आमन्त्रीत गरिएको थियो।

प्रतिस्पर्धाको निमन्त्रणा पाएपछि भोस्ती ‘हाइड्रा’ मा रहेको आफ्नो घरतिर लागिन। यो टापुको अपरिहार्य आकर्षणले उनलाई रचनात्मक यात्रामा प्ररित ग¥यो। जसले उनलाई प्रतियोगिता जित्ने र विश्वको सबैभन्दा चर्चित खेलकुद घटनाहरूको रेकर्डमा नाम थप्न नेतृत्व गर्नेछ।

धेरै कालाकारहरूले ‘हाइड्रा’ को भ्रमण गरेका छन्। उनीहरू यहाँ आएर बसेका छन्। टापुको चुम्बकीय आकर्षणले बिर्स मार्डेन, एलेक्सिस भेरोकास, पानागियोटिस टेट्सिस, निकोसजस्ता विश्वका चर्चित चित्रकारहरूलाई ‘हाइड्रा’ को किनारले तानेको छ।

क्यानेडियन कायक–गीतकार लियोनार्ड कोहेनले सन् १९६० मा ‘हाइड्र’ पत्ता लगाए। उनले धेरै वर्षसम्म यसलाई आफ्नो घर बनाए। उनले ‘हाइड्रा’ मै बसेर लेखेको ‘बर्ड अन द वायर’ गीत अमर रहेको छ।

भोत्सीले भनिन्, “हाइड्र एक स्वर्ग हो। यो सिर्जनात्मक काम गर्नका लागि जदुमयी स्थान हो।  धन्य छु, कलाकारका रुपमा म यहाँ आउन सकेँ, म जस्तै अरु धेरैले मभन्दा पहिला त्यो काम गरेका छन् र गरिरहनेछन्।”(नेपाल न्यूज बैंक)

प्रतिक्रिया