अष्ट्रेलियामा २० वर्षको खोजपछि फेला पर्यो ‘जिउँदो डाइनोसर’

सिडनी । अष्टेलियाको मार्गरेट नदिमा टुर गाइडको काम गर्ने सीन ब्लाकसिडजेको २० वर्ष लामो खोजी पुरा भएको छ । सीनले एउटा ‘जिउँदो डाइनोसर’ फेला पारेका छन्, जसले रगत पिउँछ । 

यो डाइनोसरको दाँत कति खतरनाक छ भने पहिलो पटक देख्दा नै मानिस भयभीत हुनसक्छ ।
 
सीनले लामो समयदेखि मानिसहरुलाई मार्गरेट नदिमा विचरण गराइरहने क्रममा यो रहष्यमय जीवको पनि खोजि गर्दै आएका थिए । 

‘जिउँदो डाइनोसर’ को संजा पाएको यो ईल (बाम माछा)जस्तो जीव पहिलो पटक उनले देखेका हुन् । उनले धेरै स्थानिय बासिन्दाबाट यो जीवको बारेमा सुनेका थिए । यो जीव त्यहाँको एउटा झरना नजिकै पाइन्छ भन्ने थाहा पाएपछि उनले त्यसको खोजी गर्ने संकल्प गरे । 

ल्यामप्रेयस एकप्रकारको माछा हो, जसको जिब्रो हुँदैन । र हेर्दा बाम माछाजस्तो देखिन्छ । यो जीव करोडौं वर्षमा विकसीत भएको हो र अन्य जीवको रगत पिउन कुख्यात छ । यसैकारण यो रहष्यमय जीवलाई ‘भ्याम्पायर फिस’ पनि भनिन्छ । 

सीनले ‘मीरर’सँगको कुराकानीमा भने, ‘यो एकप्रकारले कुनै राक्षसको खोजी गरेजस्तै हो ।’

२० वर्षसम्म खोजी गरेपछि सीनलाई एकै पटक ६ वटा बाम माछाजस्ता यी जीव फेला परे । उनले भने, ‘यो सपना साकार भएजस्तो हो । रगत पिउने जीव ठूलो संख्यामा झरनाको छेउमा कसरी आउँछ भनेर मैले बुढापाकाबाट सुनेको थिएँ ।’

सीनका अनुसार यो जीव एक दशकयता नदिमा देखिएको थिएन । २० वर्षका दौरान सीनले हरेक दिन त्यसको दर्शनको अभिलासाले काटे । कुनै न कुनै दिन फेला पर्नेछ भनेर धैर्य साँधे । 

‘जब पहिलो पटक देखें, म उत्साहीत भएँ । मेरो खोज पुरा भयो । मलाई खुशी केमा लाग्यो भने यो जीव अझै पनि नदिमा रहेछ’, सीनले भने । 

सीनले यो जीवलाई यालगरडुप झरना नजिकै फेला पारे, जुन हेर्दा लामो निलो टयूबजस्तो देखिन्थ्यो । 

‘हेर्दा बाम माछाजस्तै थिए, जसको मुख डाइनोसारजस्तै निकै डरलाग्दो थियो र तिखा दाँतले भरिएका थिए’, सीनले भने, ‘यद्यपी ती निकै सुन्दर जीव थिए र तिनका निला आँखामा अदभूत चमक थियो ।’

एबिसीको रिपोर्टका अनुसार ‘ल्याम्प्रेयस’ प्रजातीका माछा जलवायु परिवर्तन र नदिमा नुनको मात्रा बढेका कारण लोप हुने अवस्थामा पुगेका छन् । 

सीनका अनुसार यी जीव जिउँदा डाइनोसरजस्ता हुन्, जो २० करोड वर्षदेखि अस्तित्वमा छन् । जलवायु परिवर्तनका कारण यीनको अस्तित्व संकटमा छ । 

प्रतिक्रिया