कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले छापा हानी २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी छन् । उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया