पिलग्रीम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  १२औँ साधारण सभा सम्पन्न

पिलग्रीम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  १२औँ साधारण सभा मिति ९ पौष २०७९ का दिन पूरानो सिनामङ्गलमा सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहराका नगरपिता उपेन्द्र कार्की तथा विशिष्ट अतिथिहरु बिकू बचत तथा ऋण सहकारी संस्थाका संस्थापक एवं वर्तमान अध्यक्ष श्री ओम प्रसाद सापकोटा, बाबिया खर्क सहकारीका अध्यक्ष श्री बलदेव पौडेल एवं अतिथिहरु कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का श्री अनिल थापा तथा वडा नं. ७ का वडा अध्यक्ष श्री भीमसेन थापा, छिमेकी सहकारी मल्टिस्टारका अध्यक्ष अनसन साखले उक्त कार्यक्रमलाई आतिथ्यता प्रदान गर्नु भएको थियो ।    

उक्त कार्यक्रममा नगरपिता कार्कीले सहकारीका सदस्यहरुको क्षमता विकास एवं उत्पादन मूलक कार्यका लागि नगरपालिकाले विभिन्न किसिमका तालिम तथा प्राविधिक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।  

त्यस्तै सहकारी अभियानका सफल अभियन्ता विकु सहकारीका संस्थापक एवं अध्यक्ष श्री ओमप्रसाद सापकोटाले एक मोहरबाट शुरु गरेको अभियान आज राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पुग्न सफल हुनु यो आपैmमा सहकारी अभियानको गौरवको  विषय हो । सहकारीलाई सफलताको शिखरमा लानुछ भने नीति, विधि र प्रविधिले चल्न आवश्यक हुन्छ । संस्था व्यक्तिले चलाउने नै होइन नीति र नियम पहिलो शर्त हो ।

कार्यक्रमका अध्यक्ष एवं  पिलग्रीम बचत तथा ऋण संस्थाका अध्यक्ष श्री गयाप्रसाद उपाध्यायले आफ्ना मन्तव्य राख्ने क्रममा “आज सहकारी भन्ने बित्तिकै बचतकर्ताको पैसा खाएर भाग्छ, ब्याजदर महङ्गो लिन्छ, यस्ता यस्ता ठूला सहकारीहरु भागे भन्ने गुनासाहरु सुन्नमा आउँछ । त्यस्ता गुनासो आउनुमा म गुनासो गर्नेलाई दोष दिन चाहन्न । वास्तवमा हामीले त्यस्ता संस्थाको गतिविधिलाई सुक्ष्मसङ्ग निहाल्ने हो भने त्यस्ता संस्थाका केही सीमित सञ्चालकहरु मिलेर व्यक्तिगत फाइदाकोलागि गरिएको नियम विपरित कार्यको उपज हो भन्न मलाई कुनै संकोच लागेको छैन । त्यसै गरी अहिले सहकारीहरुलाई नियन्त्रण गर्ने नाममा नेपाल सरकारले चालेका कदमले त्यस्ता संस्थाहरु चपेटामा आउनुमा म अस्वभाविक ठान्दिन । 

म यहाँहरुमा अर्को महत्वपूर्ण कुरा यो अनुरोध गर्न चाहन्छु कि, यदि यहाँहरुले कुनै पनि संस्थामा कारोबार गर्दा त्यो संस्थाका सञ्चालकहरुको बारेमा आर्थिक, सामाजिक हैसियतको राम्रो अध्ययन गरी कारोबार गर्नु भएमा जो कोेहि पनि जोखिमबाट बच्न सक्नु हुनेछ । हाल धेरै जसो सहकारी संस्थाहरु शाखा सञ्चालनको नाममा कहिल्यै नाम नसुनिएका, कोहि सञ्चालक नचिनिएका संस्थाहरुले सदस्यहरुलाई विभिन्न किसिमका प्रलोभनका योजनाहरु देखाई रकम संकलन गरी फरार भएको धेरै कथाहरु यहाँहरुले सुन्नु, देख्नु र सायद कसैकसैले भोग्नु भएकै छ । ” 

उक्त कार्यक्रमलाई बाबिया खर्क सहकारीका अध्यक्ष श्री बलदेव पौडेल एवं अतिथिहरु कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का श्री अनिल थापा तथा वडा नं. ७ का वडा अध्यक्ष श्री भीमसेन थापा, छिमेकी सहकारी मल्टिस्टारका अध्यक्ष अनसन साखले आफ्ना बिचारहरु राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री बद्री खनालले गर्नु भएको थियो ।     

20221224_161606


                                           
 

प्रतिक्रिया