काे हुन् डाक्टर पेबाे, कसरी जिते नाेबेल पुरस्कार?

काठमाडौं। विलुप्त भइसकेकाे मानवजातिकाे जिनाेम अन्वेषण गर्ने प्रविधिकाे विकास गरे वापत स्विडेनका वैज्ञानिक स्वाँते पेबाेलाई यस वर्षकाे फिजियाेलाेजी र मेडिसनतर्फ नाेबेल पुरस्कारबाट सम्मानित गरिएकाे छ। पेबाेले लाखौं वर्ष पुरानाे हड्डीकाे क्रमिक विकासलाई पहिलाे पल्ट सबैलाई सम्झाएका थिए। 

स्विडेनकाे काराेलिन्स्का इन्ष्टिच्युटले उनलाई फिजियोलाेजी र मेडिसनतर्फ नाेबेल पुरस्कारबाट सम्मानित गरेकाे घोषणा गर्दा विश्वका अन्य ठूला वैज्ञानिकले भने, ‘याे हुनु नै थियो।’ नाेबेल पुरस्कार कमेटीले भनेकाे छ–‘विलुप्त भइसकेकाे हाेमिनिन्स(आदिमानव) र जिवित मानवहरुबीच अनुवान्शिक अन्तर बताउनसक्ने उनकाे खाेजले नै मानिसलाई अरु जातिभन्दा किन विशेष बनाउँछ? यसकाे खाेजी गर्न सहयाेग प्राप्त भएकाे छ।’

पुरस्कार समितिकाे ज्यूरीले भनेकाे छ,‘आदिकालदेखि आजसम्म मानवहरुमा जीनकाे प्रवाह, शरीर विज्ञानकाे हिसाबले महत्वपूर्ण मानिन्छ। यसमा हाम्रो इम्युन सिस्टमले कसरी इन्फेक्सनप्रति रियाक्ट गर्छ, त्यो अध्ययनकाे विषय हो।’

सन् २०२२ काे शरीर विज्ञान र मेडिसनतर्फ नाेबेल पुरस्कार जित्ने डा.पेबाेलाई १० डिसेम्बरमा १ कराेड स्विडिस क्राेनर र मेडल प्रदान गरिने छ। पुरस्कार स्विडिस राजा कार्ल १६ औ‌ गुस्ताभले प्रदान गर्नेछन्। डाइनामाइटकाे आविस्कार गर्ने स्विडिस वैज्ञानिक अल्फ्रेड नाेबेलकाे पुण्यतिथिमा याे पुरस्कार प्रदान गरिन्छ। १० डिसेम्बर, सन् १८९६ मा निधन हुनुअघि नाेबेलकाे अन्तिम इच्छा आफ्नो सम्पत्तिबाट राम्रो काम गर्ने वैज्ञानिकलाई पुरस्कृत गर्नुथियो। नाेबेल पुरस्कार उनकै सम्झनामा आयोजना भएकाे हो। 

jin

 स्वाँते पेबाेकाे खाेजकाे विशेषता

६७ वर्षीय प्राेफेसर डाक्टर स्वाँते पेबाे जर्मनीकाे प्रतिष्ठित ‘माक्स प्लाङ्क इन्ष्टिच्युट फर इभाेल्युसनरी एन्थ्राेपाेलजी’ काे निर्देशक हुन्। नियण्डरथाल नामक विलुप्त भइसकेकाे प्रजातिकाे जिनाेमकाे खोजीकाे क्रममा उनले यस्तो प्रविधिकाे विकास गरे, जसमार्फत कुनै पनि जीवकाे जिनाेमसम्म पुग्न सकिन्छ। जिनाेम अर्थात कुनै काेशिकाकाे भित्र रहेकाे जिन्सकाे जानकारी दिने सेट, जसभित्र डिएनएकाे रुपमा त्यो जीवकाे पूर्ण जानकारी हुनेगर्छ। जिनाेम भनिने याे इन्फर्मेसन (सूचना) डिएनए माेलिक्युल्सबाट निर्माण भएकाे हुन्छ। जब कुनै काेशिका विभाजित वा कपी हुन्छ, याे सूचना पनि कपी हुने गरेकाे छ। 

कहिले काहिँ नयाँ काेशिकाहरु निर्माण हुँदा जिनाेममा स्टाेर भएकाे डिएनए माेलिक्युलकाे पाेजिसन पनि परिवर्तन हुने गर्छ। अर्बौ डिएनए माेलिक्युलबाट केहिकाे पाेजिसनमा आउने याे परिवर्तनमा समय वित्दै जाँदा ठूलाे अन्तर आउने गर्छ। हाल दुई जना मानवकाे जिनाेमकाे तुलना गर्ने हाे भने, १२०० देखि १४०० माेलिक्युल क्यारेक्टरपछि केहि अन्तर देखिने गरेकाे छ। यही अन्तरलाई सूक्ष्म तरिकाले हेर्ने हाे भने लाखौं अन्तर देखिने गर्छ। 

मानवजातिकाे यहि अन्तरकाे इतिहासकाे खाेजी गर्ने हाे भने आजकाे मानिसकाे जीन, लाखौं वर्ष अगाडिकाे आदिमानवसँग हुबहुँ मिल्ने गर्छ। यही अन्तरले लाखौं–कराेडौं वर्ष अगाडि चिम्प्याङ्जीकाे केहि प्रजातिमा यतिसम्म परिवर्तन देखियो कि, मानिस जस्तै प्रजातिकाे निर्माण भयो। यसमा विलुप्त भइसकेकाे नियण्डरथाल मात्र हाेइन, आजकाे मानिस हाेमाे सेपियन्स पनि पर्छ।  

डाक्टर पेबाेले विकास गरेकाे प्रविधिले जिवाश्मकाे रुपमा प्राप्त हुने सानाे हड्डीमार्फत जिनाेम निकाल्न सकिन्छ। डाक्टर पेबाेकाे ४० वर्ष लामाे मिहिनेतकै कारण याे प्रविधिकाे विकास भएकाे हाे। याे प्रविधिकाे सहयाेगले डिएनएबाट  ब्याक्टेरिया, फंगस, धुलाे, माैसममा आउने परिवर्तन र बाहिरी रसायनिक परिवर्तन जस्ताे कुरालाई स्पष्ट गर्न सकिन्छ। विगत २० वर्षमा याे प्रविधि यति अगाडि बढिसकेकाे छ कि, एकै पल्टमा लाखौं डिएनएकाे विश्लेषण गर्न सकिन्छ। 

क्रमिक विकास र विज्ञान

याे प्रविधिले हामीलाई याे बुझ्न पनि सहयोग गरेकाे छ, १–२ लाख वर्ष अगाडि एउटा परिवारबाट जन्मिएकाे मानिस अन्य प्रजातिसँग कसरी घुलनशील भएर परिवर्तन भयो। उनकाे अध्ययनबाट याे पनि स्पष्ट भएकाे छ कि, हाम्रो पूर्वज अफ्रिकी महाद्धीपबाट बाहिर निस्किएर मध्यपूर्वमा बसाेबास गर्ने नियण्डरथाल प्रजातिसँग घुलन भए। युराेप र एसिया महाद्धीपमा मानवजातिकाे जिनाेममा नियण्डरथाल प्रजातिकाे पनि अंश भेटिएकाे छ। चीन, साइबेरिया र पपुवा न्युगिनी जस्तो क्षेत्रमा नियण्डरथालकाे प्रमाण भेटिसकेकाे छ। 

डाक्टर पेबाेलाई २०२० मा ‘द जापान प्राइज’, २०१८ मा क्राेएबर युराेपियन साइन्स पुरस्कार, २०१६ मा ब्रेकथ्रु प्राइज इन लाइफ साइन्स, २००३ मा ग्रुबर जेनेटिक्स प्राइज र १९९२ मा लाइबनित्स पुरस्कारबाट सम्मानित गरिएकाे थियो। 

–एजेन्सी

 

 

 

 

प्रतिक्रिया