कसले नि:शुल्क खाना बाँडिरहेकाे छ दुबईमा?

काठमाडौं। विश्वको सबैभन्दा धनी शहर मानिन्छ, संयुक्त अबर इमिरेट्स (युएई) को दुबई। यहाँ करोडपति मात्र होइन, अर्बपतिहरूको पनि कुनै कमि छैन। गगनचुम्बी व्यवसायीक घरहरूले यहाँको वैवभको बयान गरिरहेको हुन्छ। यसबाहेक यहाँको अर्को पक्ष पनि छ, यो शहरमा धन कमाउन विदेशबाट थुप्रै आप्रवासी कामदार आउने गर्छन। 

विश्वभरी अहिले खाध्यान्नको मूल्य बढिरहेको छ। यस्तो अवस्थामा सबैभन्दा धनि मानिएका देशहरू पनि गरिबीको समस्याबाट जुधिरहेका छन्। यही समस्या निराकरणका लागि दुबईले निःशुल्क भोजनको गजबको ‘आइडिया’ फुर्.याएको छ। 

बालुवाको सुख्खा शहरमा ठडिएको गगनचुम्बी भवन, जहाँ भोजनको प्रायः सबै समान विदेशबाट आयात गरिन्छ, विश्व खाध्यमा देखिएको कमि र बढ्दो महंगीका कारण यो शहर निकै प्रभावित छ। अझ, युक्रेनमा रुसको आक्रमणपछि विश्व बजारमै खाध्य सामानको मूल्य आँकासिएको छ। 

गत साता दुबईको सुपरमार्केटमा १० वटा वेन्डिङ मेशीन जडान गरिएको थियो, जसमा मानिसहरू कम्प्युटरको टच स्क्रिन दबाएर विभिन्न प्रकारको रोटी छानिरहेका थिए। यसमा स्याण्डबिच बनाउने ब्रेडदेखि पित्त रोटी र हामीले खाने रोटी पनि समावेश थियो। 

के विशेष छ, मेशीनमा

मेशीनमा क्रेडिट कार्डको स्लट पनि राखिएको छ। तर, त्यो दान गर्नका लागि मात्र हो, भुक्तानीको लागि होइन। नेपालबाट काम गर्न आएका एक श्रमिकका अनुसार मेशीनको विषयमा उनको एक साथीले जानकारी दिएका थिए। उनी आफ्नो लागि रोटी लिन आएका हुन्। उनी दुबईमा कार सफा गर्ने काम गर्छन। उनले आफ्नो नाम बताउन चाहेनन्। 

लाखौं एसियाली आप्रवासी युएईमा रोजगारीका लागि आउने गर्छन। उनीहरूको सपना दुबईमा बसेर काम गर्नु हो। दुबई यस्तो शहर हो, जसको लोकप्रियता विगत केही वर्षमा आँकासिएको छ। 

दुबईको तथ्यांक विभागले खाध्यान्नको मूल्य गत जुलाईदेखि ८ दशमलव ७५ प्रतिशतले बढेको छ। 

दुबईको ठूला मलमा देखिएका ब्रेड मेशीनहरू दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमले स्थापना गरेको फाउन्डेशनले जडान गरेको हो। फाउन्डेशनका निर्देशक जेनब जुमा अल–तमिमी भन्छिन्, ‘प्रोजेक्ट सुरु गर्नुको कहानी बञ्चित परिवार र श्रमिकले हामीसँग गुहार लगाउनु नपरोस् भन्ने हो। उनीहरू हामी कहाँ आउनुभन्दा हामीहरू उनीहरू भएको ठाउँमा पुगेका हौं।’

दुबईमा गरिबी

दुबई युएईको व्यापारिक केन्द्र मानिन्छ। जहाँ गगनचुम्बी भवन, सर्भिस सेक्टर, रियल स्टेट र लक्जरी पर्यटनमा काम गर्न विदेशबाट श्रमिक मगाइएको छ। विगत तीन वर्षदेखि दुबईमा कार्यरत नेपाली कामदारले एउटा गाडी सफा गरेको तीन दिराम प्राप्त गर्छन। उनी तलब र टिप्सबाट महिनाको ७ सय दिराम कमाउने गर्छन। 

भन्छन्, ‘मेरो मालिकले मलाई बस्ने र गाडीको सुविधाका लागि पैसा उपलब्ध गराएका छन्। तर, यसमा भोजन समावेश छैन।पछिल्लो समय इन्धनको मूल्य पनि बढेको छ। त्यसैले तलब नपुग्दा डिलेभरी एजेन्टले पनि गत मेमा हड्ताल गर्नु परेको थियो।’

यसै वर्षको जुलाईमा सरकारले सामाजिक सहायतलाई दुई गुणाले थप्ने घोषणा गरेको थियो। तर, यसको फाइदा केही अमिराती परिवारलाई मात्र भयो। जसको आँय महिनाको २५ हजार दिरामभन्दा कम थियो, त्यसलाई बञ्चित मानिएर उनीहरूको लागि मात्र सहायता थप्ने निर्णय भयो। यसमा विदेशी कामदार समावेश थिएनन्। 

विगत २० वर्षदेखि दुबईमा कार्यरत जोर्डनका एक व्यापारी फादी अल–रसिदका अनुसार महंगी तथा बढ्दो व्याज दरका कारण मजदुरी गर्न र महंगो जीवनयापन गर्न गाह्रो भइरहेको छ। 

संयुक्त राष्ट्र संघमातहतको विश्व प्रवासन रिपोर्ट अनुसार युएईमा करिब ८७ लाख अप्रवासी बसोबास गर्छन। जसमा धेरै जसो भारतीय, बंगलादेशी र पाकिस्तानी छन्। लण्डनस्थित इन्भेस्टमेन्ट माइग्रेसन कन्सल्टेन्सी हेनली एण्ड पार्टनर्सको अनुमान छ कि, दुबईमा ६८ हजारभन्दा बढी करोडपति बसोबास गर्छन। १३ अर्बपति यहाँ बसोबास गरिरहेका छन्। दुबई विश्वको २३ औं धनि शहर हो। 

–एएफपी

प्रतिक्रिया