आयुष घलान युथ टोलीको कप्तान

काठमाडौं। राष्ट्रिय टोलीका युवा स्ट्राइकर आयुष घलान युथ–२० टोलीको कप्तान नियुक्त भएका छन्। उनलाई भारतमा आयोजना हुने युथ–२० साफ च्याम्पियनसिपका लागि कप्तान नियुक्त गरिएको हो। 

आयुषले गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिप तथा कुवेतमा यही वर्ष सम्पन्न एसियन कप छनोटमा प्रभावशाली प्रदर्शन गरेका थिए। उनको नामको आधिकारीक घोषणा शुक्रबार बिदाई कार्यक्रममा हुनेछ। 

युथ–२० साफ च्याम्पियनसिपमा नेपालले समूह ‘बी’ मा रहदै भारत, माल्दिभ्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। युथ फुटबलमा नेपाल बलियो प्रतिस्पर्धी हो। 

युथ–२० टोलीको घोषणा गत सोमबार भएको थियो। नेपालले पहिलो खेल २५ जुलाईमा माल्दिभ्सविरूद्ध खेल्ने छ। 
 

प्रतिक्रिया