कोरोनाका कारण एक वर्ष सर्यो एशियन गेम्सको तालिका

काठमाडौं। कोरोना महामारीका कारण स्थगित एशियन गेम्स २३ अक्टुबर २०२३ देखि सुरु हुने भएको छ। ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) को मंगलबार बसेको बैठकले यसको निर्णय गर्दै प्रतियोगिता ८ अक्टुबरसम्म चल्ने बताएको छ। 

एशियन गेम्स यसअघि १०–२५ सेप्टेम्बर २०२२ मा आयोजना हुने तय थियो। तर, चीनमा कोरोना संक्रमण बढेपछि ६ मेमा खेल स्थगित गर्ने निर्णय भएको हो। ओसिएले अघिल्लो वर्ष तय भएको प्रतियोगिता अन्य अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको क्यालेन्डरसँग नजुध्ने बताएको छ। 

चिनियाँ आयोजक कमिटीले १ करोड २० लाख जनसंख्या भएको हाङझु शहरमा ५६ खेलको मैदान तयार भएको बताएको छ। यही मैदानमा एशियन गेम्स र एशियन पारा गेम्स हुनेछ। 

प्रतिक्रिया