युथ–२० फुटबल टोलीको घोषणा 

काठमाडौं। भारतमा आयोजना हुने साफ युथ–२० पुरुष च्याम्पियनसिप फुटबलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक मेघराज केसीले ३० खेलाडीबाट सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन्। 

साफ च्याम्पियनसिपमा यसपालि आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ। नेपालले पहिलो खेल माल्दिभ्सविरूद्ध भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा २५ जुलाईमा पहिलो खेल खेल्ने छ। दोस्रो खेल श्रीलंकाविरूद्ध २७ जुलाई, ३१ जुलाईमा भारतविरूद्ध र २ अगस्टमा बंगलादेशविरूद्ध खेल्ने छ। फाइनल ५ अगस्टमा हुनेछ। 

नेपाली टोली 
 

गोलकिपरः  ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा 

मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी 

प्रतिक्रिया